तनहुँ । तनहुँ दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा भयो सहायक क्याम्पस प्रमुख विभागीय प्रमुख र समिति संयोजकहरूको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। क्याम्पस सञ्चालक समितिको गत असार ३२ गते बिहान बसेको बैठकले सहायक क्याम्पस प्रमुख विभागीय प्रमुख र समिति संयोजकहरूको नियुक्ति गरेको थियो।
पदस्थापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले सबैले इमान्दारीपूर्वक आफ्नो जिम्माको काम सम्पन्न गरेमा क्याम्पसले आगामी दिनमा शैक्षिक सफलता हासिल गर्ने सुनिश्चित रहेको बताउनुभएको थियो।
प्रस्थापन कार्यक्रमका विशिष्ट अतिथि खरसिंह दरैले क्याम्पस प्रशासनको सिफारिसमा क्याम्पस सञ्चालक समितिले योग्य दक्ष र अनुभवी प्राध्यापकहरुलाई आफ्नो जिम्मेवारी प्रदान गरेर क्षमता प्रदर्शन गर्ने अवसर दिएको र कामको सधैँ मूल्याङ्कन हुने बताउनुभएको थियो।
प्रस्थापन कार्यक्रमका अध्यक्ष क्याम्पस प्रमुख महाप्रसाद हडखलेले प्राध्यापकहरूको योग्यता, क्षमताको परख हुने प्रणाली क्याम्पसमा स्थापित भएको र काम गर्नसक्ने र नेतृत्व दिन सक्ने प्राध्यापकहरुलाई जिम्मेवारी प्रदान गरिएको बताउँदै इमान्दार रहेर जिम्मेवारी निर्वाह गर्न शुभकामना दिँदै आगामी दिनमा क्याम्पसलाई प्रमाणपत्र गुणस्तरीय उच्च शिक्षाको गन्तव्य बनाउने गरि काम अगाडि बढाउन सुझाव दिनुभएको थियो ।
क्याम्पस प्रमुखले बोल्दै सेवाग्राही र सरोकारवालाहरूको सङ्ख्यामा विस्तार हुँदै गएको, प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावक, सञ्चालक समिति, जग्गादाता, अक्षय कोष संस्थापक, चन्दादाता, क्याम्पस साधारण सभा सदस्य लगायतको क्याम्पसको आन्तरिक परिवार र समुदाय, विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग, संस्थागत सहकार्य भइरहेको स्वदेशी तथा विदेशी , सरकारी तथा गैर सरकारी संस्था लगायतका सरोकारवालाहरूकोहरूको सङ्ख्या ठूलो भएकोले त्यसको व्यवस्थापनका लागि तीन जना सहायक प्राध्यापकहरूको अति आवश्यक भएको बताउनुभएको थियो। शिक्षाशास्त्र संकाय तर्फका र बिहानी सत्रका शैक्षिक कार्यक्रमहरू हेर्नेगरी सहप्राध्यापक डा. रामकुमार अधिकारी, व्यवस्थापन संकाय तर्फका र दिवा सत्रका शैक्षिक कार्यक्रमहरू हेर्नेगरी विश्वेश्वर तिमल्सेना, मानविकी संकाय तर्फका र सायमकालीन कार्यक्रमहरू हेर्ने गरी उपप्राध्यापक बिमलगिरीलाई सहायक क्याम्पस प्रमुख नियुक्त गरेको बताउनुभएको थियो।
बिहिबार बिहान नव नियुक्त सहायक क्याम्पस प्रमुखहरु, सह प्राध्यापक डा. रामकुमार अधिकारी, उपप्राध्यापक बिशेश्वर तिमल्सेना र उपप्राध्यापक बिमल गिरि, नवनियुक्त बिभागिय प्रमुखहरुः नेपाली बिभाग प्रमुख सहप्राध्यापक डा. सुशील वाग्ले, शिक्षा बिभाग प्रमुख उपप्राध्यापक गजेन्द्र पौडेल, ब्यवस्थापन बिभाग प्रमुख उपप्राध्यापक जनक काफ्ले, बिआईसिटिई संयोजक ई. घन बहादुर थापा, बिज्ञान बिभाग प्रमुख उपप्राध्यापक सागर न्यौपाने तथा समिति संयोजकहरुः अभ्यास शिक्षण समितिका संयोजक उपप्राध्यापक लालप्रसाद भट्टराई, अतिरिक्त क्रियाकलाप समिति संयोजक सहायक प्राध्यापक तिल बहादुर थापा, विद्यार्थी गुनासो परामर्श तथा रोजगार प्रतिस्थापन समिति संयोजक उपप्राध्यापक बिमल खत्री, स्व-मूल्याङ्कन प्रतिवेदन लेखन समिति संयोजक उपप्राध्यापक राजन घिमिरेलाई क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, उपाध्यक्ष खर सिं दरै र क्याम्पस प्रमुख महाप्रसाद हडखलेले बधाई ज्ञापन गर्दै पदस्थापन गराउनु भएको थियो ।
प्रस्थापन कार्यक्रमको सहजीकरण निवर्तमान सहायक क्याम्पस प्रमुख सहप्राध्यापक सागर पौडेलले गर्नुभएको थियो पदस्थापन कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी र स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष अनुप आलेको उपस्थिति रहेको थियो।
पदस्थापना कार्यक्रम आदिकवि भानुभक्त क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठज्युको प्रमुख आतिथ्यता र आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेज्युको अध्यक्षतामा पदस्थापन कार्यक्रम सम्पन्न भएको थियो।








