कलाकार सुलेमान शंकर ‘इकु’लाई पत्नी शोक

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । कलाकार सुलेमान शंकर ‘इकु’ पत्नीशोकमा परेका छन् । उनकी ४२ वर्षिया पत्नी सम्झना घिमिरेको साउन १० गते निधन भएको हो । मिर्गौला पीडित अञ्जनालाई समस्या भएपछि नजिकको ह्याम्स अस्पतालमा लगिएको थियो ।
निधन अघिल्लो साता भए पनि शुक्रबार मात्र पशुपतिस्थित विद्युतीय शवदाह गृहमा घिमिरेको अन्त्येष्टि गरिएको छ ।
मिर्गौला पीडित घिमिरे लामो समयदेखि बिरामी थिइन् । गत साता नै निधन भए पनि छोरा अमेरिकामा रहेकाले उनको अन्त्येष्टि ढिलो भएको हो । अञ्जना र इकुका तर्फबाट एक छोरा र एक छोरी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?