तनहुँ । विश्व आदिवासी दिवसको पुर्वसन्ध्यामा तनहुँको व्यास -१० डिहिगांउमा अवस्थित सतिस आवासिय माध्यमिक बिद्यालयमा शुक्रवार संस्कृति दिवस मनाईएको छ । विगत तीन वर्षदेखि लगातार आदिवासी दिवसको पुर्व सन्ध्यामा आयोजना गरिने संस्कृति दिवस कार्यक्रममा बिद्यार्थीहरु आ- आफ्नो जातीय पोशाकमा बिद्यालय आउने गरेका छन् । कार्यक्रममा बिद्यालयका प्रध्यानध्यापक दिर्घ बहादुर दरैले आफ्नो जातजातिको भाषा, संस्कृति, नृत्य र पहिचानको सम्मान गर्दै मनाइएको संस्कृति दिवसले हाम्रो विविधता भित्रको एकता झल्काउने र बालबालिकामा यसबारे चेतना जागरण हुने हुँदा बालबालिकामा समृद्ध र सहिष्णु भविष्यको बीजारोपण हुन टेवा पुग्ने बताएका थिए । विभिन्न जातीय सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको उक्त कार्यक्रम बिद्यालयका सह- शैक्षिक क्रियाकलाप प्रमुख बिनोद रखाली मगरको अध्यक्षता भएको थियो । कार्यक्रम विद्यालयका शिक्षक बिबेक कोइरालाको सन्चालन गरेका थिए ।








