आँबु खैरेनी १ का दलित विद्यार्थी तथा शिक्षकलाई सम्मान 

सर्वज्योति
  • ख-
  • ख+

सत्रसय फाँट , तनहुँ /२०८२ साल साउन ३१ गते शनिबार आँधीमुल नेपाली कल्याण समाज सत्रसय रातमाटे तनहुँ ले शैक्षिक सत्र २०८१ मा राष्ट्रिय परीक्षा बोर्ड द्वारा संचालित SEE तथा १२ कक्षा उतीर्ण गर्ने आँबु खैरेनी गाउँ पालिका वडा नं १ का दलित विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आँबु खैरेनी गाउँ पालिकाका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिले आँधीमुल नेपाली कल्याण समाजको नवनिर्मित भवनको उद्घाटन पनि गर्नुभएको थियो । विशिष्ट आतिथिको रुपमा आँबु खैरेनी गाउँ पालिका उपाध्यक्ष दुर्गा अर्याल र भानु नगर पालिका उपप्रमुख उमा गोतामेलाई स्वागत गरिएको सो कार्यक्रममा आँबु खैरेनी इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक टेक प्रसाद सुवेदी , E4E (शिक्षाका लागि सशक्तिकरण र सशक्तिकरणक लागि शिक्षा) कि सचीब रन्जना मगराती वडा नं १ का वडाध्यक्ष प्रेम बहादुर गुरुङ लगाएतका अन्य व्यक्तित्वहरुलाईअतिथिको रुपमा सम्मान गरिएको थियो सम्मानित हुने विध्रार्थीहरुमा १२ पास गर्ने शर्मिला नेपाली । समीर नेपाली । स्मृति बि क । रेजिना बि क सुमित नेपाली निशान मजकोटी तथा क्भ्भ् पास गर्ने समीर बि क , सीमा बि क , बिनिता बि क, प्राश नेपाली (मित्रता टपर) र देविका बि क छन्।

उक्त कार्यक्रममा सोही वडाका दलित शिक्षकहरु सरस्वती नेपाली, सुण्टिका परियार, काजीराम परियार, बिन्दा कोइराला, नम्रता नेपाली, बुध्दिमाया बि।क। र फूलमाया नेपालीलाई सम्मान गरिएको थियो ।
बि सं २०४२ सालमा अमृत बहादुर नेपालीको सकृयतामा तत्कालिन आँबु गाउँ पंचायत वडा नं १ र २ का गाउँहरु यान्चोक , बरादी , सत्रसय रातमाटे, जोगीटार र पोखरीटारका १७ घरधुरी जुटाइएर हर्कबहादुर नेपालीको अध्यक्षतामा नेपाली समाज गुठीको स्थापना गरिएको थियो। विभिन्न उतार चढाब संयोजन र विभाजन खपेर २०८२ सालसम्म आइपुग्दा यस समाजको आफ्नै भवन बनेको छ। आँधीमुल नेपाली कल्याण समाजको स्थापना गरिएको ४० वर्ष पछि सो समाजका जिवित संस्थापक सद्स्यहरु तथा जेष्ठ नागरिकहरु हर्क बहादुर नेपाली , सोम बहादुर अछामी , सुक बहादुर बसेल ,कालीमाया बसेल, कुल बहादुर बसेल, शिव कुमारी बसेल, जुना पुर्कोटी, मैंया अछामी, प्रेम बहादुर बसेल, लक्ष्मण मग्राती र लीलामाया मग्राती लगायत भुतपुर्व अध्यक्षहरु हर्क बहादुर नेपाली , सोम बहादुर अछामी , लक्ष्मण मग्राती, कृष्ण बहादुर पुर्कोटी , सोम बहादुर गैरे लाई पनि सम्मानित गरिएको थियो ।
त्यस्तै व्यवसायीहरु बिक्रम मोटरसाइकल ग्यारेज, कोहीनुर व्युटिपार्लर र पुर्कोटी मेडिकल का संचालकहरु तथा बिभिन्न कर्मचारीहरु अधिकृत राजन नेपाली, स्वयंसेवक शिक्षक संयोजक पवन नेपाली , सहकारी व्यवस्थापक मेलिना बिक, ल्याब अस्सिस्टेण्ट शोभा नेपालीलाई पनि सम्मान गरिएको थियो। त्यसैगरी शिक्षा कोष ,स्वास्थ्य कोष तथा श्रधांजलि कोषका दाताहरु सुशिला नेपाली, रन्जना मगराती, रमेश नेपाली, जुना कोइराला, हर्क बहादुर नेपाली, मर्निङ्ग स्टार प्रि स्कुल, सरस्वती नेपाली, सुन बहादुर कोइराला , अर्जुन नेपाली, लक्ष्मी नेपाली, थमन सिं नेपाली, सन्तोष नेपाली, दिपेश नेपाली , प्रेम बहादुर गुरुङ लगायतलाई पनि सम्मान गरिएको थियो।
आँधीमुल नेपाली युवा क्लबले मनोरन्जनात्मक प्रस्तुति दिएको सो कार्यक्रममा प्रमुख अतिथि आँबु खैरेनी गाउँ पालिकाका अध्यक्ष शुक्र चुमानले आरक्षण के हो ? महिला, दलित तथा अन्य उत्पिडित वर्गको लागि आरक्षण किन आवस्यक छ भन्ने बारेमा मन्तव्य व्यक्त गर्दै सम्भवत त्यस भेगकै सबैभन्दा पुरानो संस्था जन्माउने तत्कालिन संगठानात्मक सोचको प्रसंशा गर्नुभएको थियो। उहाँले आँधीमुल नेपाली कल्याण समाजले शिक्षा तथा सरसफाईको क्षेत्रमा उदाहरणिय काम गरेको बताउनुभयो।
आँधीमुल नेपाली कल्याण समाजका अध्यक्ष थमान सिं नेपालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उपस्थित सबैजनालाई धन्यबाद व्यक्त गर्दै आगामी दिनहरुमा अझै राम्रा कार्यक्रमहरु प्रस्तुत गर्ने बचनबध्दता व्यक्त गर्नुभयो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?