शिक्षा बिधेयक २०८० प्रतिगामी भएको नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराईको जिकिर

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराईले शिक्षा ऎन २०२८ भन्दा विद्यालय शिक्षा बिधेयक २०८० प्रतिगामी भएको जिकिर गरेका छन् । भट्टराईले सामाजिक संजालमा बुँदागत टिप्पणी गर्दै शिक्षा सेवामुखी भन्दा आय आर्जनको माध्यमको रुपमा अघि बढ्दै, गुठिको अबधारणा कमजोर बन्दै गईरहेको बताएका छन् । शिक्षण पेशाको एक आकर्षण घर पाएक सरुवा थियो जुन १ बर्स पछि सहज थियो तर यसले ५,७ बर्स तोक्नु दुः खदायी भएको बताएका छन् । संबिधानले परिकल्पना गरेको अनिबार्य र निः शुल्क शिक्षा कार्यान्वयन नगर्ने यस बिधेयकले संबिधान र कानुनको खिल्ली उडाएको पनि बताउदै भट्टराईले शिक्षा ऎन २०२८ भन्दा विद्यालय शिक्षा बिधेयक २०८० प्रतिगामी किन त ? भन्ने प्रश्न गर्दै विभिन्न १० बुँदाहरु प्रस्तुत गरेका छन् । साथै उन्ले अन्यथा नलागोस पछिल्लो समयमा समितिका माननियको आडम्बरी र शिक्षकको नेतृत्व माथिको माननीयहरुको प्रतिसोधले पनि यो बिधेयक समय सापेक्ष बन्न नसेको पनि बताएका छन् । भट्टराईले पेश गरेका बुँदाहरु निम्नानुसार छन् ।

शिक्षा ऎन २०२८ भन्दा विद्यालय शिक्षा बिधेयक २०८० प्रतिगामी किन त ?

१. शिक्षा सेवामुखी भन्दा आय आर्जनको माध्यमको रुपमा अघि बढ्दै।गुठिको अबधारणा कमजोर बन्दै।
२. शैक्षिक योग्यता र उमेरको हदको कारण १८ बर्स पछि युबा बिदेश पलायन हुने डर/२१ बर्स सम्म सेवा प्रबेश उमेर कुरेर नबस्ने पक्का।
३. हालको ऎनको योग्यता र उमेरमा समेत कैयौं विद्यालयमा शिक्षकको माग हुदा शिक्षक नियुक्त्ति नभएर १० औ पटक बिज्ञापन भएको प्रस्ट           छ। शिक्षक अभावको परिस्थिति श्रृजना भएको छ।
४. शसस्त्र द्वन्दमा समेत द्वन्द समाधान गर्न खर्बै रकम खर्च गरेको राज्य २० औ बर्स राहत र अस्थायीमा कार्यरत शिक्षकको रोजि रोटि खोसी           रित्तो हात घर फर्काउन यस बिधेयक उद्दत छ।
५. शिक्षण पेशाको एक आकर्षण घर पाएक सरुवा थियो जुन १ बर्स पछि सहज थियो तर यसले ५,७ बर्स तोक्नु दु: खदायी छ।
६. शिक्षक ब्यबस्थापन , सरुवा, नियुक्ति र कार्बाहिको अधिकार यस बिधेयकले स्थानिय तहमा दिनु राजनीतिक प्रतिसोध हाबी हुने निश्चित छ।
७. समय सापेक्ष अभिभावक शिक्षा र Digital शिक्षाको परिकल्पना नगर्नु पश्चगामी सोच केन्द्रीत छ।
८. आबाधिक बढुवा नहुनु तहगत बधुवा फितलो हुनुले यस बिधेयक शिक्षकको सम्मान भन्दा अपमान केन्द्रित छ।
९. संबिधानले परिकल्पना गरेको अनिबार्य र निः शुल्क शिक्षा कार्यान्वयन नगर्ने यस बिधेयकले संबिधान र कानुनको खिल्ली उडाएको छ।
१०. बालबिकास शिक्षकको बहिरगमन र विद्यालय कर्मचारीको प्रतिको अपमानले पनि यस बिधेयकले बौद्धिक बर्ग माथी ल्याप्चे माननियको शासन प्रस्ट पारेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?