खोतलेर
सडकमा थुप्रीएका
शहीदका लासहरु
कुल्चिएर आलो रगतमा
सत्ता र शक्तिको
व्यग्र कुण्ठा सहित
के अझै पनि हामीहरु
पद , पैसा र सत्ता नै खोजिरहेका त छैनौं ?
महोदय !
पुत्ताउँदै गरेको विद्रोहको आगो निभाउँदै
उभिएर खरानी भएको हाम्रै
मानक अस्तित्वको चिहानमा
विश्वमानचित्रबाट करिब- करिब
हराउनै लागेको
यो हाम्रो ” देश” खोज्न
अब कत्तिपनि ढिला नगरौं !!
मेघराज आचार्य, पोखरा








