सिक्लेसको विद्यालयमा ईन्जिनियर न्यौपानेद्वारा स्मार्ट बोर्ड र शैक्षिक सामाग्री वितरण

सर्वज्योति
  • ख-
  • ख+

उर्जा तथा जलस्रोत विज्ञ वरिष्ठ इन्जिनियर श्रीराम न्यौपानेले कास्की जिल्ला मादी गाउँपालिका वडा नं. १ सिक्लेसमा रहेको अन्नपुर्ण माध्यमिक   विद्यालयलाई स्मार्ट बोर्ड र शैक्षिक सामाग्री वितरण गरेका छन्।
पहुँच कमजोर रहेको सिक्लेसजस्तो ठाउँमा स्मार्ट बोर्ड जस्तो आधुनिक प्रविधि उपलब्ध गराउन पाउँदा आफू अत्यन्त खुसी भएको बताउँदै उनले आगामी दिनमा पनि सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
नेपालका अग्रणी सुरुङ्ग इन्जिनियरका रूपमा परिचित र लामो समयसम्म इन्जिनियरिङ कलेजका प्रिन्सिपलसमेत रहेका ईन्जिनियर न्यौपानेको सहयोगले प्राविधिक शिक्षाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने र आधुनिक शिक्षण प्रविधिले सिकाइ प्रक्रियामा सकारात्मक परिवर्तन ल्याउने उक्त विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले बताएका छन् ।
उर्जा, जलश्रोत तथा सुरुङ विज्ञका रुपमा परिचित ईन्जिनियर न्यौपानेको  समाजसेवामा पनि विशेष रुचि  रहेको छ। दुई दशक अगाडि ईन्जिनियर न्यौपानेले संविधानसभा सदस्रयहरुलाई कम्प्युटर, इमेल, ईन्टरनेट तालिम,  शिक्षकहरुलाई कम्प्युटर तालिम, विद्यालयमा कम्प्युटर वितरण लगायतका कार्यहरु गरेका थिए । पछिल्लो समय उन्ले तनहुँका विद्यालयमा कक्षा १० लाई पाँच बर्षभित्र स्मार्टबोर्ड युक्त बनाउने अभियान अन्तर्गत १५ वटा विद्यालय स्मार्ट बोर्ड तथा शैक्षिक सामाग्री वितरण गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?