नाहालाको बिष्णु मा.वि.को ५८ औँ वार्षिक उत्सव पुष २७ गते मनाईने

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. १ नाहालाको बिष्णु माध्यमिक विद्यालयको ५८ औँ वार्षिक उत्सव पुष २७ गते मनाईने भएको छ ।
समारोहलाई व्यवस्थित ढंगले सम्पन्न गर्नका लागि विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भानुभक्त पोख्रेल ,शिक्षक अभिभावक संघका अध्यक्ष सुनिल बहादुर अधिकारी र शिक्षकहरु बीच छलफल भएको थियोे । उक्त छलफलमा कार्यक्रम । साथै उक्त छलफलमा बार्षिक उत्सवलाई भव्यताका साथ सम्पन्न गर्न सबै लागिपर्ने निर्णय भएको थियोे । छलफल कार्यक्रममा शिक्षकहरूले वार्षिक उत्सव समारोहमा आफूहरुले गरिरहेको तयारीको बारेमा जानकारी गराएका थिए । छ। उक्त वार्षिक उत्सव समारोहमा अहिलेको चर्चित भाइरल गायिका यस बिधालयको पुर्ब बिद्यार्थी मिठु चेपाङको समेत उपस्थिति र प्रस्तुति रहने बताईएको थियोे । साथै उक्त कार्यक्रमलाई सफल बनाउन सबैजना उपस्थित हुन पनि विद्यालय परिवारले आग्रह गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?