(संवाद कार्यक्रमका सहभागीहरू)
🔹 तनहुँको घिरिङ–१ अन्तर्गत पुट्टार, गड्यौलीटार, रुपटार, पिपलटार लगायत करिब १०,००० हेक्टर समथर भर्जिन जमिनलाई स्मार्ट भिलेज र देशकै आर्थिक–औद्योगिक रणनीतिक केन्द्र बनाउने अवधारणामा मिति २०८२ पौष २७ र २८ गते उक्त क्षेत्रमा जनप्रतिनिधि, स्थानिय बुद्दिजिवि तथा सरोकारवालाहरुको उपस्थितिमा संवाद तथा अन्तर्क्रिया कार्यकम सम्पन्न भएको छ ।

📸 (फोटो–: अवधारणा पत्र प्रस्तुत गर्दै इ. श्रीराम न्यौपाने)
🔹 कार्वयक्रममा बरिष्ठ इन्जिनियर न्यौपानेद्वारा प्रस्तुत ब्लु–प्रिन्टले क्षेत्रीय विकास, औद्योगिक विस्तार, रोजगारी सृजना र राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीन योगदान पुर्याउने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका थिए । ईन्जिनियर न्यौपानेले अवधारणा प्रस्तुत गरेपश्चात सहभागीहरुले उक्त अवधारणाको उच्च प्रशंसा गर्दै यो योजना कार्यान्वयन हुनसकेमा मुलुककै अर्थतन्त्र कायापलट हुने बताएका थिए ।

📸 (फोटो–: जनप्रतिनिधि र समुदायको सामूहिक प्रतिबद्धता)
🔹संवाद तथा उक्त अन्तर्क्रिया कार्यक्रममा ईन्जिनियर न्यौपानेले यी योजनाहरु पुरा गर्न बहुमतको स्थिर सरकार, स्थिर नीति, लगानीमैत्री वातावरण र सरकारी सुरक्षा ग्यारेन्टी अपरिहार्य शर्त रहेको र त्त्यसका लागि सम्बन्धित सबैले एकेबद्दता जनाउनु पर्ने बताएका थिए। स्थानीय तह, समुदाय र प्राविधिक विज्ञको साझा समझदारीले पुट्टार, गड्यौलीटार, नयाँटार, करुवाटार, पिपलटार, रुपटार लगायत तनहुँको रिषिङ्ग र घिरिङ्ग गाउँपालिकाका टारहरु मात्र होइन, गण्डकी प्रदेश र मुलुककै आर्थिक नक्सामा नयाँ आयाम थप्ने विश्वास गरिएको उक्त सम्बाद तथा अन्तर्क्रिया कार्यक्रम आगामी दिनमा पनि निरन्तरता दिदै निश्कर्षमा पुर्याउनु पर्ने सबैको धारणाा रहेको थियो ।








