पौडेलद्धारा तनहूँको विकट गाउँका ३ जना छात्रालाई अभिभावकत्व ग्रहण

  • ख-
  • ख+

तनहूँ । समाजसेवी तथा शिवसेना चितवनका अध्यक्ष लेखनाथ पौडेलले ३ जना छात्राहरुको अभिभावकत्व ग्रहण गर्नुभएको छ । तनहूँ जिल्ला देवघाट गाउँपालिका खाल्टेको आर्दश शिक्षा माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत खगिसरा थापा र १० मा अध्ययनरत सपना थापा र शर्मिला गुरुगंको वहाँले अभिभावकत्व ग्रहण गर्नुभएको हो ।
उक्त अवसरमा समाजसेवी पौडेलले विकट गाउँका बालबालिकाले पनि सहज रुपमा शिक्षा लिन पाउनुपर्ने र आर्थिक अभावको कारण विद्यालय आउन नसक्ने बिद्यार्थीलाई आफुले हरदम सहयोग गर्न तत्पर रहेको बताउनुभएको थियो उक्त अवसरमा वहाँले बिद्यालयलाई राजनीति गर्ने थलो नबनाईकन शिक्षाको मन्दिरको रुपमा राख्न पनि शिक्षकहरुलाई आव्हान गर्नुभएको थियो । वहाँले नै आफै अग्रसर भएर उक्त विद्यालयमा कक्षा १ देखि ५ कक्षासम्म र आगामी शैक्षिक सत्रबाट कक्षा १० सम्म अंग्रेजी माध्यममा पढाई गर्न संचालक समितिलाई आग्रह गर्दै त्यस्को लागि भौतिक तथा आर्थिक सहयोग गर्न आफु तयार रहेको पनि बताउनुभएको थियो । उक्त अवसरमा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले पौडेलको योजना मुताविक सहयोग गर्न गाउँपालिका सदा तत्पर रहेको र राजनीतिक खिचातानीबाट विद्यालयलाई टाढा राख्न आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । उक्त अवसरमा जनप्रतिनिधि, विद्यालयका संचालक समितिका पदाधिकारी, शिक्षक, अभिभावक विद्यार्थीहरुले विद्यालयको हितलाई ध्यानमा राखि राम्रो प्रतिवद्धता जनाउनुभएकोमा पौडेललाई धन्यवाद दिदै विद्यालयको सल्लाहकारमा वहाँलाई नियुक्त गरिएको छ ।
अभिभावकविहिन र बेसहारा भई अध्ययन छोड्न लागेका ३ जना छात्राहरुलाई अभिभावकत्व ग्रहण गरि ११ र १२ कक्षासम्म अध्ययन गराउने जिम्मा लिनुुभएका पौडेलले यसभन्दा अगाडि पनि आर्थिकरुपमा विपन्न र पिछडिएका समुदायका व्यक्तिहरुलाई विभिन्न किसीमको सहयोग उपलब्ध गराईरहनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्