द लाखे ब्यान्डद्धारा मालाश्री धुन सार्वजनिक

  • ख-
  • ख+

रिदेन मर्हजन । काठमाडौं । द लाखे ब्यान्डद्धारा दशैंको अवसरमा पृथक शैलीमा मालाश्री धुन सार्वजनिक गरेको छ ।
विगत १३ वर्ष अगाडी यो ब्यान्डको स्थापना भएको थियो । वि.स.२०४६ सालमा स्थापना भएको यस ब्यान्डले स्थापनाकालबाटै आफूलाई पृथक रुपमा प्रस्तुत गर्दै आईरहेको छ । यसैक्रममा यो ब्यान्डले दशैं बिशेष मालाश्री धुन सार्वजनिक गरेको हो ।
द लाखे ब्यान्ड ले सार्वजनिक गरेको फ्यूजन धुनको गीटारमा नवरस श्रेष्ठ, लसन तुलाधार र दीपेन शाक्य रहेका छन् । यसैगरी बेसमा प्रमोद आचार्य रहेका छन् भने ड्रममा ईन्द्रमान महर्जन रहेका छन् ।
आफूहरुल मिहेनतका साथ तयार पारिएको यस मालश्री धुनलाई श्रोताहरुले रुचाउनेमा विश्वस्त रहेको ब्यान्डका संस्थापक नवरस श्रेष्ठको भनाई छ ।

(मालश्री धुनको भिडियो सहित)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्