७ महिना पछि अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ को छायांकन शुरु

  • ख-
  • ख+

यस बर्षको दशैंमा रिलिज मिति तोकिएको चलचित्र ए मेरो हजुर ४ को ७ महिनापछि छायांकन शुरु भएको छ । कोरोना र लकडाउनको कारण रोकिएको चलचित्रले अब सम्पूर्ण सावधानी अपनाएर चलचित्रको छायांकन गर्न शुरु गरेको चलचित्रका निर्माता सुनिल थापाले बताउनुभएको छ । त्यसका साथसाथै चलचित्र निर्माण युनिटले मुख्य कलाकारको नयाँ लुक्स् पनि सार्वनजिक गरेको छ ।

‘अघिल्लो चलचित्र ए मेरो हजुर ३’मा म्यूजिक स्टारको रुपमा देखिएका नायक अनमोल केसी यो चलचित्रमा भने चकलेटी अवतारमा देखिएका छन् । नायिका सुहाना थापाको पनि चलचित्रको तेश्रो सिरिज भन्दा यसमा केही फरक गेटअप देखिएको छ । नायिका झरना थापाले निर्देशन गरेको उक्त चलचित्र कोरोनाको समाप्तिसगै रिलिज हुने र यो चलचित्र उत्कृष्ट बन्ने निर्माण पक्षको दावी रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्