माधब पौडेल । तनहूँ । समाजमा आजकल प्रतिष्पर्धा छ कस्ले कस्तो काम गरेर देखाउने भन्ने कोहि काम गरेर देखाउछन् भने कोहि देखाउनको लागि काम गरे झैं गर्छन् । जो देखाए झै गरे झैं गर्छन् उनीहरुकै चहल पहल बढि हुने गर्दछ । भनिन्छ नि कहिलेकाहि ठुलो भाडोमा आवाज आउदैन त्यस्तै प्रकृतिकी मानिस हुन् समाजसेवी तथा डिसु नेपाल तनहुँकी अध्यक्ष नोमा थापा । कतै सडकमा भएका बृद्धाबृद्धालाई बृद्धाश्रम पुर्याइरहेकी हुन्छिन् त कतै भोकाएकालाई टन्न खुवाएकी हुन्छिन् न उनी जात सोध्छिन् न उनी ठेगाना सोध्छिन् उन्लाई दुः ख पाएको मानिस देख्न हुदैन कहिले पोखरा दौडिन्छिन् त कहिले दमौलीका गल्ली गल्ली चाहार्छिन् तिनै थापाले आज बेलायतमा रहेका आफ्ना २१ बर्षिय छोरा ईभोराईट थापाको जन्मदिनको अवसर पारेर व्यास नगरपालिका वडा नं. ५ बेनिपाटनमा रहेको राष्टिय परोकार महासंघ तनहुको बृद्धाश्रममा लत्ताकपडा तथा फलफुल दान गरेकी छिन् । संस्थाका अध्यक्ष तारानाथ घिमिरे, उपाध्यक्ष र कोषाध्यक्ष कृष्णराज वाग्लेको उपस्थितिमा थापाले १२ जना बृद्धाश्रममा आश्रित बृद्धबृद्धालाई सो सामाग्री हस्तान्तरण गरेकी हुन् । उक्त अवसरमा बृद्धाश्रममा ३ जना बृद्धाहरुको मात्र उपस्थिति रहेको थियो भने बाँकि सामग्री संस्थाका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै थापाले विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि आश्रममा सहयोग गर्न पाउदा आफु खुशी भएको र हरदम सहयोग गर्न तत्पर रहेको बताएकी थिईन् ।
पण्डित शिरोमणी कमलनयन गौतमज्युको परिकल्पना बमोजिम निर्मित बृद्ध आश्रम सम्पूर्ण सहयोगी मनहरूको साथ , समर्थन र सहकार्यबाट निरन्तरता दिन सकिएको संस्था का उपाध्यक्ष सुवदार वलवहादुर रानाभाटले जानकारी दिनुभयो।। राष्ट्रिय परोपकार महासंघ जिल्ला कार्यसमिति द्वारा सञ्चालित जेष्ठ नागरिक चौतारी बृद्धआश्रमका बृद्धबृद्धालाई सहयोग गर्न पाउदा खुसी व्यक्त गर्दै दानवीर थापाले यस्ता कामहरूबाट मानवीय प्रवृत्ति वृद्धि भइ आफुँलाई सन्तुष्टि मिलेको धारणा राखेका थिए । सहयोगी मनकी धनी थापाले आगामी दिनमा समेत आश्रमका समस्या र चुनौतिलाई चिर्न साथमै रहेको प्रतिवद्वता समेत जनाएकी थिईन् । सहयोग कार्यक्रममा संस्थाका अध्यक्ष तारानाथ घिमिरेले विभिन्न उत्सवमा फजुल खर्च घटाएर सहयोगी प्रवृत्ति बढ्नु समाजका लागि सकारात्मक भएको र यो आश्रम बृद्धअबस्थाका जो कोहीको साझा चौतारी भएकाले सबैको सहयोगको मुक्तकण्ठले प्रशंसा गर्दै सहयोगी मनलाई धन्यवाद दिएका थिए । कार्यक्रमको संचालन संचारकर्मी प्रकृति खनाल न्यौपानेले गरेकी थिईन् । । ( भिडियो सहित)








