माधब पौडेल । तनहूँ । नेपाली कांग्रेस भानुका सह संयोजक एवं भानु नगरपालिका वडा नं. ११ का नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि तारानरेश पौडेलले भानु नगरपालिकाका केहि साथीहरुले आफुलाई मात्र पायक पर्ने स्थानमा सेवाकेन्द्र राख्नु पर्छ जनताको भावनासग खेलवाड गरेको बताउनुभएको छ । वहाँले सेवा केन्द्र सार्ने दिनमा उपस्थित भएर पनि केहि साथीहरु निर्णय हुनेवेलामा मतदानमा सरिक नभईकन धेरै जनताको भावनासग खेलवाड गरेको आरोप लगाउनुभएको हो साथै वहाँले मतदानमा सरिक हुने हस्ताक्षर गर्ने अनि हामीले हस्ताक्षर गरेका छैनौ भनेर केहि साथीहरुले द्धैध चरित्र देखाएको पनि वहाँले बताउनुभयो । हाल कायम भएको फुस्रेटारमा रहेको भानु नगरपालिकाको सेवा केन्द्र धेरैै जनतालाई पायक नपर्ने भएकोले सार्नको लागि भानु नगरको छैठौ नगरसभामा मतदान भएको थियो । उक्त दिन भएको मतदानमा ६४ जना मध्ये ५४ जनाले सेवा केन्द्र सार्ने पक्षमा मतदान गर्नुभएको थियो भने १२ जना मतदान गर्र्ने बेलामा अनुपस्थित रहनुभएको थियो ति मध्ये भानु १३ का वडा अध्यक्ष राम बहादुर बाँनियाले केहि दिन पश्चात आफुलाई थाहा नदिईकन मतदानमा सहभागी गराएको बताउदै आफ्नो निर्णयको विपक्षमा उभिनुभएको छ ।
२०७६ साल माघ २० गते नेपाली कांग्रसबाट निर्वाचित जनप्रतिनिधि एवं वडा नं. १० का अध्यक्ष गोविन्द सिलवालले सेवा केन्द्र सार्नको लागि प्रस्ताव पेश गर्नुभएको थियो र माघ २३ को भानु नगरपालिकाको छैठौ नगरसभाको दुई तिहाईभन्दा भारि मतले उक्त प्रस्ताव पारित गरेर सेवा केन्द्र भन्सारमा पनि राख्ने निर्णय गरेको थियो । उक्त निर्णय पारित भएपछि हाल भानु नगरपालिका वडा नं. २ फुस्रेटारमा रहेका भानु नगरपालिकाको केन्द्रको सेवा केन्द्र रुपमा भानु नगरपालिका वडा नं. १ भन्सारमा पनि रहने निर्णय भएको थियो । सेवा केन्द्र सार्ने निर्णयको विरोधमा भानु नगरपालिका वडा नं. २ का अध्यक्ष अर्जुन बहादुर खड्का र राम बहादुर बाँनिया लगायतका १४ जनाले सर्वोच्च अदालतमा निवेदन दिनुभएको छ । थुप्रै गाउपालिकाहरु गाँभेर आदिकवि भानुभक्त आचार्यको सम्मानमा भानु नगरपालिका नामाकरण गरिएको नगरपालिकामा कुन्छाको फेदी, मस्र्यागंदीको तिर लमजुगंको छेउका ८० प्रतिशत जनतालाई जनतालाई अपायक पर्ने स्थानमा केन्द्र रहेकाले कारणले यातायातको सहज पहुच भएको ठाँउमा सेवा केन्द्र रहन पाए जनताले संघियताको अनुभुत गर्न पाउथे भनेर सेवा केन्द्र सार्ने निर्णय गरिएको प्रस्तावक वडा नं. १० का अध्यक्ष गोविन्द सिलवालको भनाई रहेको छ । ( भिडियो सहित)








