तनहु । २० कार्तिक । तनहूँ जिल्लाको ट्राफिक व्यवस्थालाई सुधार गर्नको लागि लामो समयदेखि आफ्नो कर्तव्यमा खटिएका ट्राफिक प्रहरीहरुले जिल्लामा विभिन्न कार्यक्रमहरु गरिरहनुभएको छ त्यसै क्रममा कार्तिक २० गते बिहिवारका दिन ट्राफिक प्रहरी कार्यालय तनहुको आयोजनामा पृथ्वी राजमार्ग अन्र्तगत पर्ने मुग्लिन दमौली सडकखण्ड अन्र्तगत बन्दिपुर गाउपालिका बिमलनगरमा सवारी साधनहरुको अनुगमन तथा चेकजाँच गर्नुभएको छ । चाडपर्वको समय र सवारीसाधनका बारेमा जनगुनासोहरु आईरहेकोले प्रमुख जिल्ला अधिकारी सागर आचार्य, जिल्ला प्रहरी कार्यालय तनहुका प्रमुख तथा एस् पि अरुण पौडेल र जिल्ला ट्राफिक कार्यालय तनहुका प्रमुख रेशम रानाभाट स्वयं खट्नुभएको उक्त कार्यक्रममा वहाँहरुले सवारी चालकका समस्याहरु, यात्रुका समस्याहरु र कोरोना माहामारीको समयमा सवारी धनिले अपनाएका स्वस्थ सुरक्षाको बारेमा चासो राख्नु भएको थियो । उक्त कार्यक्रममा वहाँहरुलाई मास्क नलगाउने यात्रु तथा सावारी चालक सहचालकहरुलाई मास्क पनि वितरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा पृथ्वी राजमार्ग बस संचालक समितिका सदस्य ओमप्रकाश कार्की, तनहु व्यास भुमी यातायात समितिका राजकुमार श्रेष्ठ लगायतका अन्य समितिका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
सवारीसाधन अनुगमनमा खटिनुभएका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले यसरी समय समयमा अनुगमन गर्दा यात्रु तथा चालकलाई फाईदा पुग्ने बताउनुभएको थियो भने चालकदलका सदस्य र यात्रुहरुसग अन्र्तक्रिया गर्नुभएका जिल्ला प्रहरी कार्यालयका प्रमुख अरुण पौडेलले कहिलेकाहि मात्र हैन नियमकानुन पालना गराउनको लागि धेरै नै पटक अनुगमन गरिने बताउनुभएको थियो । उक्त अवसरमा तनहु जिल्लामा सरुवा भएर आएदेखि जिल्लावासीको सुविधा र नियमकानुनको पालना गराउन लागिरहनुभएका जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुका प्रमुख रेशम रानाभाटले पनि कानुनको पालना गराउन र जनतालाई सचेत गराउन यस्ता कार्यक्रमहरु निरन्तर गरिने बताउनुभएको थियो ।
उक्त अनुगमनका क्रममा बढि यात्रु बोक्ने सवारी, सरकारले तोकेको भन्दा बढि भाडा लिने सवारी र सवारी नियम उलंघन गर्ने सावरीलाई कारवाहि पनि गरिएको थियो ।
(भिडीयो सहित)








