बलिउडका चर्चित आमिर खान र उहाँकी दोश्री श्रीमतीबिच सम्बन्ध विच्छेद

  • ख-
  • ख+

बलिउडका चर्चित अभिनेता आमिर खान र उनकी पत्नी निर्र्देशक किरण रावले आफूहरुको वैवाहिक सम्बन्ध अन्त्य भएको घोषणा गर्नुभएको छ । उहाँहरुले संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले १५ वर्षको सम्बन्धलाई आधिकारिकरुपमा टुंग्याएको जनाउनुभएको छ ।

बलिउडमा निकै उदाहरणीय मानिएको यो जोडीले जीवनको नयाँ अध्यायको सुरुआत भएको समेत बताउनुभएको छ । ‘सम्बन्ध विच्छेद जीवनको अन्त्य होइन, बरु जीवनको नयाँ यात्राको शुभारम्भ हो’ आमिर र किरणले विज्ञप्तिमा भन्नुभएको छ ।

छोरा आजादलाई मिलेर हुर्काउने र अभिभावकत्व लिने समेत उहाँहरुले जनाउनुभएको छ । । आमिर र किरण दुबैले आफ्ना प्रशंसकलाई यो कठिन घडीमा साथ दिन समेत भन्नुभएको छ । आफूहरु भविष्यमा पति र पत्नी नभएर को–प्यारेन्ट र व्यवसायिकरुपमा अघि बढ्ने पनि उहाँहरुले जनाउनुभएको छ ।
धासविघाट लगायतका फिल्म निर्देशन गर्नुभएकी किरणको आमिर खानसग पहिलो विवाह थियो भने आमिर खानले आफ्नी पहिली श्रीमतीसग डिर्भोस पश्चात उृहाँसग विवाह गर्नुभएको थियो । आमिर खानका पहिलो श्रीमतीतिरका सन्तान पनि बलिउडका चलचित्रमा काम गनृ संघर्षरत हुनुहुन्छ । (एजेन्सी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?