आहा ! मानहुँ (तनहूँमा घर भएर पनि मानहुँकोट घुम्न गईएन भने मलाई समाजले के भन्ला ?)

  • ख-
  • ख+

तनहूँ । तनहूँ जिल्ला व्यास नगरपालिका वडा नं. ५ अन्र्तगत पर्ने मानहुँकोट एउटा ऐतिहासिक महत्व छ । सदरमुकाम नजिकैको ठिङ्ग उभिएको एउटा पहाड, परापूर्वकालदेखि बसेको मगर वस्ति, सरदार यदुनाथ खनालको गाँउ, कम्युनिष्ट नेता एकदेव आलेको गाँउ । कहिलेकाहि मज्जाले जुर्मुराउछ । कहिले त्यहाँका मगर समुदायहरु सदरमुकामतिर झरेपछि जुर्मुराउछ । कहिले बस्तिको बिकास हुन्छ रे भनेसगै जुर्मुराउछ । कहिले लौ दमौलीका सबै साहुहरुले, कर्मचारीहरुले मानहुँमा जग्गा किने रे भनेसगै जुर्मुराउछ । कहिले मानहुँका रोपनीका रोपनी बेचेर आना खोज्न मगर दाजुभाईहरु चापाघाट वा गुणादीतिर झरेपछि जुर्मुराउछ यतिबेला ऐतिहासिक मगर वस्तिको अवशेष ५, ७ वटा घरहरुमात्र रहन लाग्दा जुर्मुराएको छ । आजकल बजारभरि हल्ला छ “ तनहूँमा घर भएर पनि मानहुँकोट घुम्न गईएन भने मलाई समाजले के भन्ला ?”
जे होस् मगर कला, संस्कार र संस्कृतिको धनि गाँउ मानहुँ ढिलै भएपनि मानहु ढपक्कै बलेको छ र त आन्तरिक पर्यटकहरुको ओईरो लागेको छ । मानहुँ दमौलीबाट उभिदा ठिङ्ग उभिएको पहाडमात्र होईन साच्चिकै रमाईलो छ मानहु । अझ भन्नुपर्दा मानहुँबाट दृश्यहरु रमाईला छन् मनमोहक छन् आनन्ददायक छन् हेरिरहु जस्ता छन् । मानहुँबाट उत्तरतिर सुनजस्तै टल्कने हिमाल देख्दा आहा कति राम्रो भनेर जिब्रो नटोक्ने मानिस कमै भेटिएलान् भने बिहानीको प्रहरमा देखिने सुर्योदयको दृश्यले अन्तु र दार्जिलिगं फिका बनाईदिन्छ । अझ दमौली उपत्यका अर्थात दमौली शहरमाथिको कपास जस्तो कुहिरोको लडिबुडिको कुरै नगरौ आङैं सिरिगं हुन्छ र त्यो सेतो कपासलाई चपक्क समातु जस्तो लाग्छ ।
मौषम खुलेको बेला मानहुँकोटबाट देखिने दृश्यहरुले मन कति रोमान्चित बनाउछ लेख्नै सकिदैन । त्यहाँबाट तनहु जिल्लाका विभिन्न स्थान लगायत लम्जुङ्ग, गोार्खा, कास्की जिल्लाका विभिन्न ऐतिहासिक स्थान तथा सुन्दर दृश्यहरु देख्न पाईन्छ । तनहुसुर, बन्दिपुर, छिम्केश्वरी, मिर्लुगंकोट, थप्रेक, भिरकोटलाई नजिकैबाट छोएझै लाग्ने मानहुमा जानुको मजा नै बेग्लै छ । मानहुकोटबाट फेदिको दमौली बजारको बनावट निकै आर्कषक देखिन्छ भने मादि नदिको वहाव अनि सागेफाँट सारै चित्ताकर्षक देखिन्छ ।
तनहु जिल्लाको सदरमुकाम दमौलीबाट सडकको सहज पहुच भएको हुनाले बाईक कार, स्कुटर, ट्याक्सि , टेम्पो, माइक्रो लिएर सजिलै पुग्न सकिन्छ भने बिहानको दृश्य र सुर्योदय हेर्नको लागि टेन्टमा बास बस्न पनि सकिन्छ । मगर कला, संस्कार र संस्कृतिको अनुपम नमुना भनिने मानहुँकोटबाट मगर समुदायहरु बिस्तारै शहरतिर बिस्थापित हुदै गर्दा, त्यहाँ आउने आन्तरिक पर्यटकले मगर समुदायको कला, संस्कार र संस्कृतिको झल्को नभेट्दा कता कता खल्लो मानेपनि मन कत्ति चुकचुकाउदैन कस्तो ठाँउमा आएछु भनेर किनकी मानहुकोटबाट सारै मनहमोहक दृश्य देख्न पाईन्छ र सपनीमा छु कि विपनीमा छु भन्दै घर पुगिन्छ झल्झली मानहुँलाई सम्झदै ।

(आर्कषक भिडियोसहित) (तस्विरः सामाजिक संजाल)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्