कोरोना महामारीको समयमा ‘‘लाईफ ईन एलए’’ चलचित्रको छायांकनः धेरैले पाए रोजगारी

  • ख-
  • ख+

तनहूँ । कोरोना भाईरसमहामारीले चलचित्र निर्माण कार्य ठप्प हुँदा फिल्मकर्मीहरु काम विहीन भईरहेका छन् । विषय परिस्थितीको समयमा पनि ‘‘लाईफ ईन एलए’’ चलचित्रले केहीचलचित्रकर्मीलाई रोजगार प्रदान गरेको छ ।
काम विहीन हुँदा कलाकार तथा फिल्मी क्षेत्रमा आबद्ध व्यक्तिहरु तनाव भएको महशुस गरी जोखिम मोलेर एक करोड २० लाख रुपियाँ लगानी गरि चलचित्र निर्माण अघि बढाएको निर्माता तथा कलाकार ब्यास बिस्सुले बताउनुभयो । फिल्मी क्षेत्रको लागि संसारकै प्रख्यात हलिउड रहेको लस एन्जलस शहरमा र नेपाल गरी दुई स्थानबाट चलचित्र छायाङ्कन गरिएको ३० जना फिल्मकर्मीले काम प्राप्त गरेको बिस्सु बताउनुहुन्छ । चार महिना अघि सुन्दर नगरी पोखरा, तनहुँका रमणीय स्थानहरु र अमेरीकाको विभिन्न शहरमा छायाङ्कन शुरु गरी हालै पुरा भइ हाल सम्पादनको काम भईरहेको निर्माता बिस्सुले जानकारी दिनुभयो । चलचित्रमा रहेको ‘‘पागल प्रेमी’’ बोलको गीतको प्रताप दास र कविता श्रेष्ठको आवाजको रहेको गीत सोमबार काठमाडौंबाट सार्वजानिक गरिने बिसु बताउनुहुन्छ । यसै गरी ‘‘उदाएर आफै तिमी’’ बोलको प्रविसा अधिकारी र प्रताप दासको आवाजमा रहेको गीत पनि चाँडै नै सार्वजानिक गरिने निर्माता बिस्सुले बताउनुभयो । नेपालीको ठुलो चाड दशैं र तिहारको समयमा दर्शक माझ ल्याउन लागिएको जानकारी निर्माण पक्षले दिएको छ । यस चलचित्रमा अमेरीकामा रहेका फिल्म क्षेत्रमा आवद्ध ब्यक्तित्वहरुको सङ्लग्नतामा निर्माण गरिएको छ । लस एन्जलस र अमेरिकाका बिभिन्न शहरहरुमा मनोरन्जन र खेलकुद जस्ता कार्यक्रमहरु गर्दै विगत एक दशकदेखी सक्रिय इन्जिनियर ब्यास बिस्सुको यस चलचित्रमा पहिलो पटक अभिनय गरेका छन् । त्यस्तै करिब १०० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी ब्यास बिस्सु नायक रहेको यस चलचित्रमा नायिकामा शिल्पा मास्के, अमेरीकाको न्यूजर्सी निवासी अकेशा बिष्टले अभिनय गरेका छन् । हलिउड चलचित्रका लागि प्रयासरत धेरै बिदेशी कलाकारहरुको अभिनय चलचित्र समावेश गरिएको छ । चलचित्रका अन्य मुख्य कलाकारहरुमा सञ्चारकर्मी विष्णु गौतम, जेरेड बिलाप्स, आयुष केसी, प्रविन खत्री, जयन्द्र चिलुवाल, श्याम भुजेल हुनुहुन्छ । लस एन्जलसमा रहेका सामाजिक अभियान्ताहरु अनिल केसी, उत्तम थापा, विशाल ढकाल, राजन अधिकारी, नलिना चित्रकार, नारायण खनाल, गोपाल योगी, गोकुल पौड्याल सहित धेरै जनाको अभिनय चलचित्रमा समावेश गरिएको छ । चलचित्रको कार्यकारी निर्मातामा संसार सुवेदी हुनुहुन्छ ।
हलिउडमै चलचित्र अध्ययन गरिरहनु भएका सुर्य श्रेष्ठले चलचित्रको निर्देशन गर्नु भएको छ । निर्देशक श्रेष्ठले २००७ सालमै कान्तिपुर टेलिभिजनमा प्रसारित पपुलर टि भी सिरिएल “क्याफे कान्तिपुर” सहित विभिन्न कार्यक्रम हरुको निर्देशन गर्नु भएको थियो । यसै गरी अमेरीकामै फिल्म क्षेत्रमा ग्र्याजुयट राजेन्द्र ठकुरी पनि यस चलचित्रको निर्माता हुनुहुन्छ । ब्यास इन्टरटेन्टमेन्टको लगानी रहेको यस चलचित्रमा क्यामेरामा हलिवुडमा धेरै फिल्ममा छायाङ्कन गरेका कृष वारेन हुनुहुन्छ । चलचित्रका गीतहरुलाई अमेरीकाको हलिवुड क्षेत्रमा लामो समयदेखि काम गरिरहेका जसवन्त श्रेठले निर्देशन गर्नुभएको ब्यास इन्टरटेन्टमेन्टले जनाएको छ ।

चलचित्र क्षेत्रमा आवद्ध ब्यक्तित्वहरुलाई मौका र प्रेरणा दिनका निमित्त साथै नेपाली चलचित्रलाई भोलीका दिनमा अमेरिकामा सहयोग गर्ने वातावरण सृजनाको गर्न चलचित्र निर्माण गरिएको ब्यास इन्टरटेन्टमेन्टका प्रमुख बिस्सुको भनाई छ । छायाङ्कन ७० प्रतिशत अमेरिकामा र ३० प्रतिशत नेपालमा गरिएको निर्माता बिस्सु बताउनुहुन्छ । विदेशमा रहेका नेपालीले प्रतिष्ठित खालको काम गर्न पनि अब्बल छन् र जुन देशमा रहेमा मातृभूमी नेपाललाई बिर्सन हुँदैन शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा मद्धत गर्नुपछ भन्ने सन्देश प्रवाह गर्न फिल्म निर्माण गरिएको निर्माता बिस्सु बताउनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?