वलिउड अभिनेता सिद्धार्थ शुक्लाको हृदयघातबाट निधन

  • ख-
  • ख+

वलिउड अभिनेता सिद्धार्थ शुक्लाको हृदयघातबाट निधन भएको छ।

भारतीय मिडिया एबीपीका अनुसार बुधबार राति सुत्नुअघि केही औषधि खाुनभएका शुक्ला बिहान बेहोस अवस्थामा देखिएको बताइएको छ । अस्पतालले हृदयाघातबाट उहाँको निधन भएको जनाएको छ । मुम्बईको कपुर अस्पतालले ४० वर्षीय सिद्धार्थको निधनको पुष्टि गरेको हो ।

सिद्धार्थ रियालिटी शो र सिरियलहरुमा निकै चर्चित बन्नु भएको थियो । सिद्धार्थ बिग बोस सिजन १३ का विजेता पनि हुनुहुन्थ्यो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?