रोटरी क्लब अफ दमौलीद्धारा विपन्न बालबालिका सहयोग प्रदान

  • ख-
  • ख+

तनहूँ । रोटरी क्लब अफ दमौलीले राष्ट्रिय बाल दिवसको अवसरमा विद्यार्थीलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । क्लबले व्यास नगरपालिका वडा नं. १३ तिवारी भञ्ज्याङ स्थित सितला प्राथमिक विद्यालयका विपन्न पारिवारका बालबालिकालाई ट्रयाक–सुट , जुत्ता, मोजा लगायतका विद्यालय पोशाक, व्याग, कापी, कलम लगायतका शैक्षिक सामग्रीका साथै खाजा पनि वितरण गरेको हो।
विद्यालयमा अध्ययनरत जम्मा १८ जना आर्थिक रुपमा विपन्न परिवारका बालबालिकाको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले सहयोग सामग्री वितरण गरिएको थियोे ।
सदरमुकामको नजिकै भएर पनि बत्तिमुनीको अँध्यारो जस्तै अनुभूति दिलाउने उक्त विद्यालयको नाजुक अवस्थालाई मध्यनजर गर्दै रोटरीले सहयोग निरन्तर जारी राख्ने अध्यक्ष दिनेश श्रेष्ठले प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि क्लबका संस्थापक अध्यक्ष एवम् संविधान सभा सदस्य रामचन्द्र पोख्रेलले रोटरीबाट प्राप्त सहयोगले वालवालिका र विद्यालय परिवारलाई थप हौसला मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
साथै रोटरी क्लब दमौलीले आजै व्यास सामुदायिक सिकाइ केन्द्रका बालबालिकालाई खाजा, मास्क तथा द्यचबष्ििभ स्क्रिप्ट शैक्षिक सामग्री पनि हस्तान्तरण गरेको छ ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु हरि सिं गुरुङ, रजिनलाल श्रेष्ठ, देवकुमार श्रेष्ठ, ईम कुमार मल्ल, डिल्लीराम सुनार, प्रेसिडेन्ट इलेक्ट रामलाल श्रेष्ठ, प्रेसिडेन्ट नोमिनी रमेश श्रेष्ठ पब्लिक इमेज चियर योगीता श्रेष्ठ, उपाध्यक्ष नारायण मल्ल,सर्भिस प्रोजेक्ट चियर शेर बहादुर बोटे र फेलोसिप चियर तारालाल मल्लको उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?