एउटा शिक्षकको नेताको हर्कतले झुकेको शिर

  • ख-
  • ख+

(तस्विरः सांकेतिक)

तनहूँ । चिसो मौषमको सुरुवात भएपनि तनहूँको मौषम यतिबेला नराम्ररी तातेको छ । दमौली बजारका धेरै जसो मानिसको मोवाईलमा म्यासेज अर्थात स्क्रिनसट आएको छ । त्यो स्क्रिनसटमा भिडियो कल गरिएको छ भने कतै म्यासेज गरिएको देखिएको छ । तनहूँमा शिक्षकहरुको सरुवा वढुवामा पैसाको चलखेल रहेको समाचार बाहिरिरहेको बेला उक्त म्यासेजलाई एकजना शिक्षकका नेताले सरुवाको साटो यौन प्रस्ताव गरेको भनिएको छ । स्क्रिन सट हेरेर तातिरहेको दमौलीको मौषमलाई झनै तताउने काम स्थायी शिक्षक हकहित मंचका अध्यक्ष रमेशबाबु भट्टराईको फेसबुक स्टाटसले गरेको थियो । भट्टराईले कार्तिक ४ गते बिहिवार राति ८ः ३३ बजे ”तनहूँका २ कुपात्र शिक्षकहरु बिरुद्द यौन हिंसाको बिरुद्द भोलि जिल्ला प्रहरी कार्यलय र जिल्ला प्रशासनमा पिडित महिलाले पत्रकारको रोहबरमा उजुरी दिदै । वास्तविक छानबिन होला ” भनेर फेसबुक स्टाटस हालेपछि स्क्रिनसटमा देखिएका म्यासेजहरु पढेर तरंगित तनहूँवासीहरुको मन झनै उद्धेलित भएको थियो र ए ति स्क्रिनसटहरु यसै बिषयसग सम्बन्धित रहेछन् भनेर अनुमान लगाएका थिए ।
भट्टराईको स्टाटस आएको भोलिपल्ट जिल्ला प्रहरी कार्यालय तनहूँमा थुप्रै उजुरीहरु पर्ने चर्चा चलाइए पनि १ जनाको मात्र उजुरी परेको छ । भट्टराईको दावि विपरित १ जना विरुद्ध मात्र उजुरी दिनुलाई मानिसहरुले विभिन्न कोण र भावका साथ चर्चा परिचर्चा चलाईरहेका छन् ।
केहिदिन अगाडि शिक्षा समन्वय ईकाई तनहूँका प्रमुख रमाकान्त शर्माले ”तनहूँमा शिक्षक सरुवा गर्न ४ लाखसम्म घुस खुवाउनुपर्ने बाध्यता रहेको” शिक्षकहरुले सुनाएको फेसबुकमा लेख्नु , उहाँको स्टाटस माथि धेरै शिक्षकहरुले ”यस्तो समस्याबाट धेरै जना गुज्रिरहेको बताउनु ” र त्यस लगत्तै व्यास नगरपालिका बडा नं. ११ का बासिन्दा हाल दमौलीको बाल मन्दिरका शिक्षक तथा नेपाल शिक्षक संघ तनहूँका सचिव पदम खनालमाथि अश्लिल म्यासेज पठाएको आरोप लाग्नुलाई मानिसहरुले कतै यी म्यासेज पठाउनु र सरुवा बढुवामा निजको संलग्नता त छैन प्रश्न गर्न थालेका छन् । समाचारहरुमा तनहूँमा पुरुष शिक्षकलाई सरुवा हुन ४ लाख रुपैया खर्च गर्नुपर्ने र महिलाले उनलाई खुशी पार्नु पर्ने, उनको प्रस्ताव स्विकार्नु पर्ने भन्ने आशयका समाचारहरुले गाउँशहर रंगिएको छ ।
पदम खनालविरुद्ध मानिसहरुले प्रश्न उठाउन थालेका छन् , ” के खनाल मात्र उक्त कार्यमा संलग्न हुन् कि भट्टराईले फेसबुकमा लेखेजस्तै अर्का व्यक्ति पनि उक्त कार्यमा संलग्न छन् ? ” मान्छेहरु अनुत्तरित प्रश्नको उत्तरहरु खोजिरहेका छन् । यस्तो अवस्थामा पदम खनाल संलग्न भएको नेपाल शिक्षक संघ केहि बोलेको छैन भने ”शिक्षक संघका पदाधिकारीहरुमाथि कसैले औला ठड्याउन पाईदैन ” भनेर कुर्लनेहरु पनि ”आफुलाई पदम खनालले यस्तो म्यासेज पठायो” भनेर एउटी शिक्षकले उजुरी दिदा चुक्कसम्म बोल्न उचित मान्नुभएको छैन ।
नेपाल प्रहरीको साईवर क्राईम व्युरोमा प्रमाणका रुपमा पठाईएका म्यासेजहरु पदम खनालले नै पठाएका थिए भने ”प्रमाणसहित पेश गर्न ‘‘ चुनौति दिने शिक्षक संघ किन पदमलाई कारवाही अगाडि बढेको छैन ? एउटा महिलालाई अश्लिल म्यासेज पठाएको उजुरी पर्दा ”किन प्रमाण पेश गरे जस्तोसुकै कारवाही गर्न पनि पछि नपर्ने ” भनेर हुँकार गर्ने शिक्षकका नेताहरु चुपचाप बसिरहनुभएको छ ? होईन त्यो आरोप कपोकल्पित हो र पदम खनाललाई फसाउनको लागि उउजुरी दिईएको हो भने उजुरी दिने महिला शिक्षक र फेसबुकमा स्टाटस लेख्ने रमेश बाबु भट्टराईलाई कारवाही अगाडि बढाउन के ले रोकेको छ ? गम्भिर प्रश्न खडा भएको छ कि हिजोसम्म शिक्षक संघमा प्रमाण पेश गर्न आग्रह गर्ने शिक्षक संघ ”उजुरी परेको छ अब नेपाल प्रहरीको साईवर व्युरोले कारवाही गर्छ ” भनेर पन्छिने हो गम्भिर प्रश्न खडा भएको छ ।
शिक्षक अर्थात गुरुहरुको संस्थाले कस्लाई उजुरी दिईयोभन्दा पनि यस्ता प्रवृत्ति विरुद्ध लाग्नुपर्नेमा मौन भएर हात हातमा आएका म्यासेजहरु हेर्दै बस्नुभन्दा ति म्यासेजहरुको विश्वशनियता जाँच्नेतिर नलागि छताछुल्ल रुपमा भुईभरि छरिन दिईरहदा पार्टीको कार्यकर्ता भएर, पदाधिकारी भएर, क्षेत्रिय प्रतिनिधि भएर हिड्ने शिक्षकलाई केहि असर नगर्ला तर नैतिकवान गुरुहरुको मनोवल कस्तो होला त्यतातर्फ विचार गर्नु जरुरी रहेको छ । हैन आफ्नो पार्टीको मान्छे भनेर कसैले पदम प्रवृत्तिलाई प्रोत्साहन गर्ने, कसैले ”ति महिला शिक्षकलाई मात्र त परेको हो नि ” भनेर बसिरहदा पदम प्रवृत्ति झनै मौलाउदै जानेछ ।
यदि ति महिला शिक्षकले रिसरागको आधारमा उजुरी गर्नुभएको छ भने साईवर क्राईम व्युरोले उहाँलाई कारवाही गर्नेछ , होईन आरोपित पदम खनालले पठाएका म्यासेज जाँच गर्दा उजुरीमा बताएजस्तै अश्लिल शब्दहरु छन् भने पदमको मात्र होईन अरुको मुखमा पनि कालो पोतिनेछ जो पदमको गलत कृयाकलापमा पनि चुप्प लागेर बसेका छन् । त्यसैले उजुरीको सत्य तथ्य र पदम खनालको भुमिकाबारे छिट्टै निक्र्यौल हुनु जरुरी छ नत्र पदम खनाल प्रवृत्तिले धेरैलाई नाक काटिने पक्का छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?