काठमाडौँ । काठमाण्डौको ठमेलमा रहेको भीआईपी रेष्टुरेन्ट लाउन्ज बार तेश्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गरेको छ ।
चौथो वर्षमा प्रवेश गरेको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त शुभकामना कार्यक्रममा बोल्दै प्रमुख अतिथि पर्यटन मन्त्रीले ठमेल पर्यटकीय क्षेत्र भएकोले नीति र विधिमा रहेर २४ सै घण्टा खुलाउन पहल गर्ने बताउनुभयो । उक्त अवसरमा मन्त्री आलेले पर्यटन क्षेत्रमा उल्लेख्य सुधार गर्ने हिसावले काम गर्ने बताउदै पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू मन्त्री भएर आएको दाबी गर्दै केहि समस्या परे आफुलाई निर्धक्क राख्न आग्रह गर्नुभयो । कोभिडका कारण थला परेको पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न नसके पदमा बसिरहने पक्षमा आफू नरहेको उहाँको भनाई रहेको थियो ।
नेपाल वायु सेवा निगमको जहाज विगतमा ग्राउन्ड ल्यान्डिङ समेत आफ्नो व्यक्तिगत स्वार्थका लागि निजी कम्पनीलाई दिएको उल्लेख गर्दै आफूले त्यसो नगर्ने बताउनुभयो । निजी क्षेत्रका कम्पनीसँग साँगगाँठ गरेर नेपाल वायु सेवा निगमलाई कमजोर बनाउने पक्षमा आफू म छैन उहाँले भन्नुभयो ।
उक्त अवसरमा कम्पनीका सिईओ तथा ठमेल पर्यटन बिकास परिषद्का महासचिव धुर्ब अधिकारीले भीआईपी रेष्टुरेन्ट लाउन्ज बारलाई आगामी दिनमा अझ बढि सशक्त र आक्रामक रुपमा सेवा वृद्धि गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।










