अधिकारीद्धारा गरिब, जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण

  • ख-
  • ख+

कार्तिक ७ । तनहूँ । व्यास नगरपालिका वडा नंं १० दुम्सिचौरका स्थायी बासिन्दा हाल काठमाण्डौ कार्यरत भोजराज अधिकारीले व्यास नगरपालिका वडा नं. १० सेवरको श्री सर्वज्योति माध्यमिक विद्यालयका ३० जना बिद्यार्थीहरुलाई कलम र कापि सहयोग गर्नुभएको छ । उक्त सामाग्री वहाँका बुबा खड्गबहादुर अधिकारीले विद्यालयमा उपस्थित बिद्यार्थीहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन तिमल्सेना र विद्यालयका प्रधानाध्यापक भरत काफ्लेलाई हस्तान्तरण गर्नुभएको थियो साथै वहाँले छोरोको ईच्छा अनुसार गरिब, जेहेन्दार, छात्रछात्रालाई उक्त सामाग्री दिईएको पनि बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्