तनहूँ / रोजगारीको सिलसिलामा जापानमा रहेका नेपाली र तनहूँका संगीतप्रेमी युवाहरुको आधुनिक गीत उस्को याद आज जापानमा सार्वजनिक भएको छ । बिनम खत्रीको शब्दमा जापानमा कार्यरत तनहूँ, दमौलीका मन राज प्ल्हेमे गुरुङ (दौँतरी समुह दमौली ) को संगीत रहेको गीतलाई चर्चित गायक चर्चित गायक राज सिग्देल स्वर दिनुभएको छ । जापानका विभिन्न शहरहरुमा छायांकन गरिएको म्युजिक भिडियोलाई विनम खत्रीले छायांकन र सम्पादन गर्नुभएको छ । संगीतकार मन राज प्ल्हेमे गुरुङको निर्देशन तयार भएको म्युजिक भिडियोमा अनु मगर ,योकृस सुवेदी,राम(लक्की) खत्री र सिबा सुवेदी गल्कोटे साइलो को अभिनय रहेको छ ।
म्युजिक भिडियोमा जापानका सुन्दर दृश्यहरु देखाउने प्रयास गरेको संगीतकार तथा म्युजिक भिडियो निर्देशक मन राज प्ल्हेमे गुरुङको भनाई रहेको छ । म्युजिक भिडियोमा समय र परिस्थितिमा रुमालिएको विवश मायाको कथा पस्कने प्रयास गरेको छु गुरुगंको भनाई छ ।
तनहूँ दमौली बजारका गुरुगंले जापानमा कार्यरत रहि यस अघि पनि थुप्रै गीतहरुमा संगीत दिनुका साथै थुप्रै म्युजिक भिडियो निर्देशन गरि सक्नुभएको छ ।








