तनहूँको भाइरल पुलको यथार्थ

  • ख-
  • ख+

बसुन्धरा घर्ति । तनहूँ । पुल उद्घाटन गर्न पाईन भनेर नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रसेवक कर्मचारीहरु, जनताका प्रतिनिधिहरुलाई तँ त र म म गर्दै रोईकराई गरेको समाचारहरु मिडियामा निकै भाईरल भएका छन् । यसैक्षेत्रको बासिन्दा भएकोले विबादित पुलको वास्तविकता भन्नै मन लाग्यो। साच्चिकै इमानदारका साथ छातिमा हात राखेर भन्ने हो भने आफुलाई लोकतन्त्रको हिमायति, त्याग तपस्याको प्रतिमुर्ति भन्ने नेपाली कांग्रेसका वरिष्ठ नेता आदरणिय रामचन्द्र पौडेल ज्युले व्यास नगरपालिका वडा नं. ४ बाघभञ्ज्याङका जनतालाई ठुलो अपमान गर्नु भएको छ र धेरै दुःख दिनुभएको छ, जुन पुलको सुरुवातदेखिको कथा र दुख भोगेको छु । तपाईंलाई लाज लाग्न पर्ने हो भन्न त मैले अलि नसुहाउला । म त तँ तेरो हैन सानो ठुलो सबैलाई तपाई हजुर भन्नुपर्छ भन्ने पारिवारिक र राजनितिक संस्कार बोकेको मान्छे हुँ तै पनि नेताज्युलाई भन्छु नेताज्यु तपाईको आत्मा छ भने तपाई आफैलाई थोरै भए पनि लाज लाग्नुपर्ने हो त्यत्रो महान नेता तपाईले आफ्नो स्तरको त ख्याल राख्नु पर्ने होईन र ? एउटा यो सानो पुलको विषयलाई लिएर त्यत्रो ताण्डव, मच्चाउनु पर्ने जरुरी थियो र ?
जुन पुल उद्घाटनको बिषयमा यत्रो रडाको मच्चाईयो त्यो पुलको ६९। ७० सालदेखि नै हाल व्यास ४ सिमलटार बाघभञ्ज्याङ जोडने मोटरेवल पुलको आवश्यकता महशुस भएको थियो। हामीले यसक्षेत्रका समाजसेवी व्यक्तित्व देवि बहादुर बस्नेतको अध्यक्षतामा एउटा समिति निर्माण गर्यौ त्यस समितिले तत्कालीन नगरपालिका र जिल्ला विकास समितिमा निवेदन पेस गर्यौ, नगरपालिकाको सिफारिसमा जिल्ला विकासले केन्द्रीय योजनामा पठायो र स्थानिय पुर्वाधार विकास अन्तर्गत डोलिडारमा योजना पर्यो र बुल्दि खोलामा सर्वे भयो र टेन्डर हुने प्रकृयामा अघि बढने बेला तपाईले यो पुल यहाँका मान्छेलाई आवश्यक छैन, यो ठाउमा हाम्रा पार्टीका छैनन भनेर व्यास १ र १० र ११ जोड्ने तालघरेमा पठाउनु भयो । पुल सर्नुको १ नम्बर कारण थियो सिमलटारक्षेत्रमा नेपाली कांग्रेसका मान्छेहरु नहुनु नम्बर २. वरिष्ठ नेताकाका आफन्तहरुको घर पर्ने भएपछि भोर्लेटार जाने व्यास मार्ग नभत्काईकन सिमलटारको शिवालय मार्गका आसपासमा रहेका घरहरु भत्काउन खोज्नु र आफ्नो पार्टीलाई भोट नदिनेलाई उठिवास लगाउनु । त्यसपछि हामी सबै एक भयौ व्यासमार्गको लागि भनेर बाटो नाप्न आएका प्राविधिकहरुलाई हामी सबै मिलेर उनिहरुलाइ लखेटेयौ त्यस लगत्तै केहिदिन पछि सिमलटारमा पुल नबन्ने भयो पुल सर्यो भन्ने खवर पायौ, तुरुन्तै हाम्रो समिति र जिल्लाका केही नेताहरु लिएर पि एल श्रेष्ठ, एक बहादुर राना, टुकराज सिग्देल सहित काठमाडौ स्थानीय पुर्वाधारका कार्यक्रम योजना आयोगमा डेलिगेशन गयौं । योजना आयोगका उपाध्यक्ष नेपाल सरकारका पूर्व अर्थ मन्त्री माननीय युवराज खतिवडा हुनुहुन्थ्यो उहाँका अगाडि दुई हात फिजाएर आँशु झारेको छु मैले ।
आफ्ना कार्यकर्ता छैनन् भनेर पुल अन्त लैजाने गर्ने चलखेल गर्नुभयो भनेपछि खतिवडाले तपाईंहरू ढुक्क भएर जानुहोस म तुरुन्तै ३ वटै पुलको लागि बजेट छुट्याउछु , पुलहरु थिए १. हालै नेपाली कांग्रेसका नेताहरुले चारतारे झण्डा गाडेको तालघरेको पुल, २. सिमलटारको पुल ३. घिरिङ बडारे खोलाको पुल । तत्कालिन एमालेका अर्थमन्त्रीको पहलमा यसरी पुलको लागि बजेट छुट्टिएर आएपछि धमाधम ३ पुल एकै साथ निर्माण हुन थाले जिल्ला प्राविधिक कार्यलयले निर्माण कार्य रेखदेख गर्यो पुल सम्पन्न भयो ।
स्थानिय पुर्वधारका प्रमुख रामकृष्ण सर रहेको समयमा उक्त पुलहरु संघियता आएपछि प्रदेश सरकारलाई हस्तान्तरण भयो र प्रदेश सरकारले सडक डिभिजनलाई जिम्मा दिएको थियो । उक्त पुलसग स्थानिय तहको कुनै अलिकति पनि सम्बन्ध र सरोकार नै छैन । म उक्त पुलहरुका बारेमा शुरुवातदेखि संलग्न भएकोमा सबैलाई धेरै धेरै हार्दिक धन्यवाद दिन चाहन्छु । तालघरेको पुलसगै निर्माण भएको सिमलटार बाघभञ्ज्याङ हुदै लमजुङसम्म जाने पुलको उदघाटन माननीय कृष्णकुमार श्रेष्ठ किसान ज्युको पहलमा गत वर्ष नै माननीय भौतिक पुर्वाधार विकासमन्त्री रघुविर महासेठको प्रमुख आतिथ्यतामा संघ प्रदेशका माननीय ज्युहरुको बिशिस्ट आतिथ्यतामा भव्य रुपमा उदघाटन सम्पन्न भएको थियो । उदघाटनको क्रममा माननीय किसान श्रेष्ठज्युले शिवालय मार्गमा हाम्रो पार्टीले कालोपत्रे गर्नेछ भन्नुभएको थियो बाचा अनुसार कालोपत्रे पनि भईरहेको छ ।
तालघरेको पुलमा पौडेल बाले बजेट पारेका नै होइनन् म सयमा सय परसेन्ट ग्यारेन्टिका साथ भन्छु पुल बनाउने कुरा चल्दै गर्दा सिमलटारमा आफ्ना पार्टीका कार्यकर्ता नभएको हुदा राँनिगाँउ जाने बाटो बनाउनेतिर सार्न खोज्दा अर्का कांग्रेसका नेताको पावर बढि भएर आफ्नो खेतको घडेरी बनाउन त्यतातिर सार्न चलखेल त गरेका हुन् अरु कुरा त मैले माथि नै उल्लेख गरेको छु बजेट कहाँबाट कसरी आयो भनेर ।
आफ्नो गाँउ रिस्ति जाँदा कि त कसैको बुई चढ्नुपर्छ कि त जुत्ता फुकाल्नुपर्छ आज आफ्ना सहोदर भाई कम्युनिष्ट सरकारले मेरो गाँउमा २ वटा पक्की पुल हालिदिन लाग्यो भनेर शिलन्यास कार्यक्रममा छमछमी नाँचेका छन् तपाई जस्तो वरिष्ठ नेताले नेपाल सरकारले बनाएको पुल मैले ल्याएको हो भन्दै जिल्लामा रडाको मच्चाउन तपाई जत्तिको नेताले सुहाउछ र ?। साँचो कुरा तितो हुन्छ भन्छन् कसैलाई तितो लागे क्षमा चाहान्छु किनकी त्यो भाइरल पुलको सच्चाई यहि नै हो ।

(लेखिका व्यास न.पा. वडा नं. की वडा सदस्य हुनुहुन्छ )
( यी लेखकका निजी बिचार हुन् । तपाई पनि सत्यतथ्यमा आधारित आफ्ना विचारहरु पठाउन सक्नुहुनेछ । )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्