सूर्य थापाको ट्विटप्रति सांसद कलिला खानको कडा टिप्पणी

  • ख-
  • ख+

काठमाण्डौ । नेपालमा लोकतन्त्रले हामी नेपालीलाई केहि कुरा दिएको छ भने त्यो हो वाक स्वतन्त्रता । आज हामी ढुक्कसग सम्माननिय, समआदरणिय, आदरणिय सबलाई मनमा लागेको कुरा भन्न पाएका छौ, मनको कुरा पोख्न पाएका छौ । झन् जुकरबर्गले फेसबुक संचालनमा ल्याएपछि आक्रोश, ईष्र्या, कुण्ठा सबै सामाजिक संजालमा पोख्न पाएकै र कसैले पढुन् कि नपढुन् वाह ! मैले फलानालाई ठोकिदिए नि भनेर आत्मरतिमा रमाएका छौ यसरी रमाउदा रमाउदैमा हामी कहिलेकाहि अलिक भ्रमित पनि भईरहेका छौ । जे होस् सामाजिक संजालमा लेख्नेक्रम टुटेको छैन ।
त्यस्तै नेपालका एकजना चर्चित बुद्धिजिवी हुनुहुन्छ सूर्य थापा , वहाँ नेपाल सरकार प्रधानमन्त्री केपी ओलीको सल्लाहकारसगै विश्वासपात्र पनि हुनुहुन्छ वहाँ बेलाबेलामा अनेक कुराहरुलाई सामाजिक संजालमा पोष्ट गरिरहनुहुन्छ र देश तथा पार्टीका आफु ईतरका नेताहरुलाई खुराक पनि दिईरहनुहुन्छ तिनै सूर्य थापालाई सांसद कलिला खानले आफ्नो सामाजिक संजाल फेसबुकमा सूर्य थापा भने मान्छेको कामै पार्टी बर्बाद गर्नुभन्दा अरु काम छैन रैछ बितेका दिनमा के के भयो भने कुरा को खोजीका लागि सल्लाहकार बसेको जस्तो छ भनेर कडा टिप्पणी गर्नुभएको छ । स्मरणिय छ सूर्यथापाले आजभन्दा करिब ६ बर्ष अगाडि वामदेव गौतम मन्त्रीको गाडिबाट उत्रेर रत्नपार्कमा ट्राफिक नियम उलंघन गर्दै हिडेको फोटो पोष्ट गर्दै को कस्तो ? तस्विर काफि छ । भनेर लेख्नुभएको थियो र आज फेसबुकमा उक्त फोटो पुन पोष्ट गर्नुभएको छ । बामदेव गौतमलाई व्यगं गर्दै सूर्य थापाले टिप्पणी गरको कारण त्यसैको जवाफ स्वरुप सांसद कलिला खानको २०७७ साल मंसिर २१ गते करिब १२. १५ बजेतिर टिप्पणी आएको सजिलै बुझ्न सकिन्छ । त्यसैले सजिलै बुझ्न सकिन्छ आगो केन्द्रमा मात्र हैन जताततै बलिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्