रामचन्द्र पौडेलप्रति नैतिकताको प्रश्न तेर्स्याउदै जोशीपुत्र

  • ख-
  • ख+

नेपाली कांग्रेसका तनहूँका दुईवटा शेरहरु एउटा रामचन्द्र पौडेल र गोविन्दराज जोशीहरु शुरुवातको समयदेखि एकअर्काको विरुद्ध नै उभिन पुगेका छन् झन् पछिल्लो चुनावमा रामचन्द्र पौडेलको पराजयपछि त गोविन्दराज जोशीलाई सिध्याउन रामचन्द्र पौडेल कम्मर कसेर लाग्नु नै भएको छ जस्को फस्वरुप कांग्रेसमा धेरै नै नचाहदा नचाहदै पनि गोविन्दराज जोशीलाई पनि कारवाहि गरियो ।
पछिल्लो समय नेपालीको राजनितिमा अनेकन् कुराका चर्चाहरु चलेका छन् त्यस्तै एउटा चर्चा हो नेपाली कांग्रेसका वरिष्ठ नेतालाई नेकपा प्रचण्ड ( नेपाल पक्षबाट राष्टपतिमा अगाडि बढाउने गरिएको चर्चा यस्तै चर्चा चलिरहदा नेपाली कांग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशीका पुत्र दिपकाज जोशी जो एउटा नेपालमा बसेका सिमति दक्ष र शिक्षित युवाहरुमा गनिनुहुन्छ वहाँले आफ्नो फेसबुक मा वरिष्ठ नेता रामचन्द्र पौडेल पदको पछि लाग्ने भन्दै वहाँको नैतिकतामाथि प्रश्न उठाउदै लामो टिप्पणी गर्नुभएको छ , वहाँको टिप्पणी जस्ताको तस्तै:

यो देशमा सच्चा कांग्रेस त्यो हो जसले चुनाबमा रेणु दाहाललाई बोकेर हँसिया हत्तौड़ामा भोट हाल्यो । सच्चा कांग्रेस ती हुन् जसले चुनाबमा बाबुराम भट्टराईलाई भोट हाले । भन्ने कुरा यतिसम्म प्रचार गरियो कि लाग्यो कांग्रेसलाई छानी छानी मार्नेलाई काधमा हालेर हिड्ने हरु सच्चा कांग्रेस नभए अरु को हुन सक्छन्रुआज रामचन्द्र पौडेल जस्ता नीति नभएका नेता पदको लोभमा तीनै नेताको पछी लागेर हिँड्दै छन्। हुनत त नेपाली काग्रेससंग धरै समस्या छन। तिनका समाधान पनि निस्कने छन् तर रामचन्द्र पौडेल नेपाली कांग्रेसको समाधान नभएर समस्या हुन् जस्ले
यत्रो बर्ष सधै पद मा आसिन हुँदा आफ्नै गाउँमा स्कूल खाने पानी पुल वनाउन पनि सकेनन्। उनको योगदान तनहुँ जिल्ला बासी लाइ सर्व विदितै छ।
हुनत उनले ९ बर्षको उमेरमा आफ्ना घर आगो लगाएका थिए भनेर उनकै गाउँका मान्छेले भन्दै आएका छन्। उनी पहिलेदेखि नैं समस्याको समाधान होइन समस्या भएर प्रस्तुत हुन्थे अलि वितन्ड स्वभावका भएकाले उनको झुकाव कम्निस्ट तिर भयो थियो भनेर रेवती रमण खनाल संगको कुराकानी आधार बनाएर वरिष्ठ पत्रकार हरी थापाले लेखेका छन्। त्यसैले उनले बाबुराम भट्टराईलाइ चुनाव जिताउन गोर्खामा आमसभा गर्दै हिँडे तर तनहुँमा एउटा पनि ठूलो आमसभा गरेनन्। हिन्दू राज्य हटाउनको लागि गरिएको चलखेलका एक महत्त्व पूर्ण खेलाडी पौडेल विभिन्न कालखण्डमा खेल्दै आएको खेल कसको इसारामा हो तो विस्तारै जनताले वुझ्दै छन।
हिजो राम चन्द्र पौडेल लाइ चप्पल, गन्जी, सर्ट, पाइन्ट , स्वेटर , जुत्ता , कोट, पहिलो पल्ट सांसद हुँदा दौरा सुरवाल किनी दिने मानिस हरु अहिले पनि जिउँदै छ्न तनहुँ मा।
म निष्ठाको राजनीति गर्ने मान्छे हुँ भन्ने राम चन्द्र पौडेलको अरबौको सम्पति कसरी आयो ? त्यो पनि जनतालाई विस्तारै थाहा पाउलान्।
पौडेलको अहिलेको भूमिका र पञ्चायती व्यवस्थामा शरदचन्द्र शाहको भूमिका मा खासै फरक छैन।आजपनि उनी बाबुराम, प्रचण्डहरु सहयात्री बन्दैछन।
नेतृत्वले विचार परिबर्तन गर्ने होइन , विचारले विचार नेतृत्व परिबर्तन गर्ने हो । जब विचारमा बिचलन आउछ तब जो सुकै व्यक्ति नेतृत्वमा आए पनि संगठनले सही दिशा लिन सक्दैन । नेपाली कांग्रेसको आजको समस्या भनेको नेतृत्व होइन विचार हो । एक दिन कांग्रेसले यसको मूल्य चुकाउनु पर्नेछ। काँग्रेस पार्टी रहला नरहला तर पौडेल जस्ता राजनैतिक चरित्र भएका मान्छे यो देशमा रही रहे भने यो नेपाल भन्ने देश रहेने छैन।
श्री पशुपति नाथले नेपाल र नेपालीको सदैव कल्याण गरून् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्