तनहूँ जलविद्युत आयोजनमा नेपालीहरुद्वारा आन्दोलन

  • ख-
  • ख+

माधब पौडेल । तनहूँ । तनहूँ जिल्लामा निर्माणको चरणमा भएको जलविद्युत आयोजना तनहूँ जलविद्युत आयोजनामा विवाद उत्पन्न भएर निर्माण कार्य रोकिएको छ ।
१४० मेगावाट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ को ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेशनका व्यवस्थापक र कार्यरत मजदुरबीच तनाबले गर्दा त्यस्तो स्थिति उत्पन्न भएको छ। शुक्रबार राति विद्युत् गृहमा अपरेटर पुष्कर थापाले स्काभेटर सफा गर्ने क्रममा पानी पर्न गई चीनियाँ व्यक्ति भिजेपछि चीनियाँ व्यक्तिले ढुङ्गा प्रहार गर्दा स्काभेटरको सिसा फुटेपछि कर्पोरेशनका व्यवस्थापक र मजदुरबीच तनाब उत्पन्न भएको हो सोही विषयलाई लिएर त्यहाँ कार्यरत ४ सय जना मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले लामो समयदेखि आयोजनासँग भएको सम्झौता कार्यान्वयन नभएको भनाई रहेको छ । उक्त कुरालाई आन्दोलनको माग राख्दै मजदुरहरु काममा उपस्थित भएका छैनन् ।

नेपाली तथा चाईनिज कामदार बिच समय समयमा वैमन्यसता भईरहने भएको र यसपटक नेपाली कामदारहरु विभिन्न माग राखि आन्दोलनमा उत्रिएको हुनाले निर्माण कार्य पुर्णरुपमा ठप्प भएकोले विवाद सुल्झाउनेतिर प्रयाश भईरहेको आयोजनाका पदाधिकारीहरुको भनाई छ ।
आयोजनाको प्याकेज दुई अन्तर्गतको विद्युत् गृहको काम पनि भइरहेको थियो । उक्त आयोजनाको ‘केवल टनेलको काम पूरा भएसँगै विद्युत् गृहको काम भइरहेको थियो । आयोजनाका लागि १४० मिटर बाँध, १ हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाई र ४४ मिटर उचाइ भएको भूमिगत विद्यृतगृह निर्माण गरिनेछ। आयोजना निर्माण सम्पन्न भएपश्चात सबैलाई फाईदा पुग्ने भएपनि उक्त तनहूँ जलविद्युत आयोजना समय समयमा विवादमा आउदै गरेको छ । विशेष गरि राजनितिक दलको विशेषत स्थानिय निकायको कार्यकर्ता भर्ती केन्द्र बनेर विवादित बन्ने गरेको यो आयोजनामा नेपाली हाकिमसाबहरुको मदिरा मोह, होहल्ला गर्ने बानी र चाईनिजहरुको नेपालीलाई हेप्ने प्रवृत्तिले गर्दा सधै चर्चामा रहिरहेको छ । अब यो पछिल्लो विवाद र रोकिएको निर्माण कार्यको अवतरण कसरी हुन्छ हेर्न बाँकी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्