तनहुँ । रसुवामा आएको विनाशकारी बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तनहुँको बन्दीपुर १ बार्हबिसे, उपल्लोफाँटको शान्ति नमुना समूहले यस वर्षको तीजको दर कार्यक्रम स्थगित गरेर भदौ १० का बाढीपीडितलाई सहयोग गर्ने भएको छ।
दर कार्यक्रमका लागि छुट्याइएको तथा समूह र सहयोगीहरूबाट संकलित ४६ हजार ७५६ रुपैया प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको समूहले जनाएको छ।
समूहले चाडपर्वभन्दा विपद्मा परेका नागरिकको सहयोगलाई प्राथमिकता दिँदै सबैलाई पीडित परिवारको साथमा उभिन अपिल गरेको छ।











