लमजुङ । लमजुङको सुन्दर बजार नगरपालिका वडा नं ७ पाँउदीका साढे ३ बर्षे बालक सुवर्ण पोखरेलले भोटेकोसी बाढीपिडितलाई २ हजार रुपैया सहयोग गरेका छन् । “नर्सरीमा अध्ययन गर्ने सुवर्णले मोवाईलमा भदौ १० का बाढीपीडितको कारुणिक दृश्य देखेपछि सहयोग गर्नका लागि आफुलाई लगातार आग्रह गरिरहेकोले सहयोग गर्न झनै प्रेरित भएको सुर्वणकी आमा सुमित्रा पौडेल पोखरेलले बताएकी हुन् ।

” मलाई पनि सहयोग गर्ने चाहना त थियो तर मोवाईलमा बाढीपीडितका कारुणिक दृश्य देखेर मन विचलित भएर केहि गर्न सकिएको थिएन तर छोराले ममी बरु मलाई पैसा चाहिदैन, मेरो लागि जम्मा गरेको पैसा दिनुस् न प्लिज” भनेकोले छोराको बोलिबाट प्रभावित भएर छिट्टै २ हजार रुपैया छोराको नामबाट सहयोग गरेको सुवर्णकी आमा सुमित्राले जानकारी दिएकी छिन् । ” बाढीपीडितलाई रोएको, हराएको देख्दा टेन्सन भएको छ पख न बाबु अलिदिन भन्दा केहि दिन पनि कुर्न मानेन, आजकलका बच्चाहरु बाठा छन् उस्ले मेरै खाताकै पैसा हालिदिनुस् भनेर जिद्दि गरेकाले सुवर्ण कै खाताबाट २ हजार रुपैया प्रधानमन्त्री राहतकोषमा जम्मा गरेको” सुमित्राले जानकारी दिएकी छन् ।