बन्दिपुर मा ३ सयभन्दा बढि नेकपा एमालेमा प्रवेशः तनहूँमा नेकपा एमाले प्रवेशको लहर किन ?

  • ख-
  • ख+

कहि कतै नेकपा एमालेले भुईको टिप्न खोज्दा पोल्टाको सम्हाल्न पो अझै सक्दैन कि सबैले त्यसै भनिरहेका छन् ।

तनहूँ / जब जब सत्तासिन नेकपा एमालेका सांसद कृष्णकुमार श्रेष्ठ किसानको तनहूँमा आगमन हुन्छ सय पचास देखि २, ४ सय मानिसहरु वहाँको पार्टीमा प्रवेश गरेकै हुन्छन् । शनिवार पनि त्यस्तै भयो नेपाल कम्युनिष्ट पार्टी एमाले बन्दिपुर गाउँ संगठन कमिटी १ र ४ नं वडा भेला एवम् वडा संगठन कमिटि गठन कार्यक्रमको आयोजना गरेको थियो उक्त कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी ३०० जनाभन्दा बढि मानिसहरु उत्तm पार्टीमा प्रवेश गर्नुभयो । बन्दिपुर गाउँपालिका वडा नं. १ डुम्रे को डुम्रे साँस्कृतिक परिवारको भवनमा गरिएको कार्यक्रममा पार्टी प्रवेश गर्ने मानिसहरुलाई संघिय सांसद सांसद कृष्ण कुमार श्रेष्ठ किसान ले प्रमुख अतिथिको रुपमा र राष्ट्रिय सभा सदस्य माननीय भगवती न्यौपानेले विशिष्ट अतिथिको रुपमा अविर लगाई स्वागत गर्नुभएको हो । दुवै माननियहरुका हात गले होलान् तर पार्टी प्रवेश गर्नको लागि लामबद्ध हुनेहरुको सख्या घटेन ।
बडो उत्साह र उमङ्गका साथ सम्पन्न भएको कार्यक्रम र पार्टी प्रवेश गर्नेहरुको ताँति देख्दा लाग्छ नेकपा एमालेमा केहि भएकै छैन तलदेखि माथिसम्म ठिक छ / ” हप्तैपिच्छे पार्टी प्रवेश कार्यक्रम किन ? अन्य पार्टीको यत्रो आर्कषण भनेर प्रश्न गर्दा माननिय सांसद कृष्णकुमार श्रेष्ठ भन्नुहुन्छ ”जनताबाट चुनिएका प्रतिनिधि जतिबेला जनताले डाँक्यो त्यति बेला उपस्थित भएका छौ र जनताले हामीलाई विकास निर्माणका कामहरुमा हाम्रो गाउँमा यो चाहियो भनेको ठाउँमा नाईनास्ति गरेका छैनौ , हाम्रो पार्टीको भोटर हो कि होईन हेरेका छैनौ त्यसैले हो कि ?”
सत्तासिन दल भएर पो हो कि ? ” भन्ने प्रश्नको उत्तर वहाँ यसरी दिनुहुन्छ ” सत्तासिन दलप्रति मानिसको झन् धेरै ईच्छा र आकांक्षाहरु हुन्छन् केहि गरेनन् हाम्रो लागि त भनेर झन् बिच्किन्छन् भन्ने मलाई लाग्छ , जनप्रतिनिधिप्रतिको माया हो र आज बर्षौपछि हाम्रो जनप्रतिनिधि त कति सजिलो रहेछ जति बेला भने पनि जस्तो कार्यक्रम भनेपनि आईदिन्छ भन्ने सोचेर होला अरु पार्टी त्यागेर पार्टी प्रवेश गर्नेहरुको सख्या राम्रैसग बढिरहेको छ ।”
यसै बारेमा पार्टी प्रवेश गर्ने व्यक्तिहरुसग प्रतिक्रिया लिदा ‘‘ चुनाव जितेर गईसकेपछि पनि बोलाएको बेलामा आउने, म नेता हूँ भन्ने बानी व्यहोरा नदेखाउने , ल भन्नुस् तपाई गाउँको ठाउँको बिकासको लागि के पहल गरौ, कहाँ गएर रकम मागौ भनेर भन्ने मात्र होईन बजेट पार्न पहल मान्छे देख्दा वहाँकै पार्टीको कार्यकर्ता हुन मन लागेको हो अरु केहि लोभ छैन ” हामीलाई वहाँहरु भन्नुहुन्छ ।
केन्द्रमा किचलो भईराख्दा पनि जिल्लामा पार्टी प्रवेश गर्नेको लहर देख्दा त नेकपा एमालेलाई जिल्लामा कार्यकर्ता व्यवस्थापनमा गारो पर्ने देखिन्छ , कहि कतै नेकपा एमालेले भुईको टिप्न
खोज्दा पोल्टाको सम्हाल्न पो अझै सक्दैन कि सबैले त्यसै भनिरहेका छन् ।

( छिम्केश्वरी एफ् एम् डुम्रेको सहयोगमा तयार पारिएको )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्