दमौली अस्पतालको गेटमा अचम्म लाग्दो सूचना

  • ख-
  • ख+


https://www.youtube.com/watch?v=RA8FKtPMDWQ&t=10s

तनहूँ । तनहूँको दमौली अस्पताल प्रवेश गर्दै गर्दा गेटमा राखिएको पानी ट्यांकीमा लेखेको छ ” साबुन पानीले मिचिमिचि हात धुनुहोस् ” तर न त त्यहाँ सावुन कतै देखिन्छ न त त्यस ट्यांकीमा पानी छ न त पाईडल थिच्दा पानी आउछ । सेनीटाईजर राख्ने भाँडो त महिनौदेखि फुटेको अवस्थामा देख्न पाईन्छ । केहि दिन अगाडि बर्थडे पार्टीमा सरकारी निवासमा डाक्टरहरुले होहल्ला र वियरका बोतल फालाफाल गरेर चर्चित बनेको दमौली अस्पताल जिल्लामा राम्रो स्वास्थ्य सेवा प्रदानका कारणभन्दा पनि यी र यस्तै कारणले चर्चित रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्