तपाईले पटक पटक मेरो घरमा ढुगांले हानिरहँदा म तपाईलाई कसरी फुलले स्वागत गर्न सक्छु ?

  • ख-
  • ख+

(मधु पण्डित, नेकपा एमाले ब्यास नगर कमिटी सदस्य एवं नेकपा एमाले अध्यक्ष, व्यास वडा नं.१२)

तनहूँ / समाजिक सञ्जालमा धेरै माननियको , नेताहरुको गुनासो छ , हाम्रो अपमान भयो, हामीलाई हाम्रै पार्टीका कार्यकर्ताले नानाभाति भनें । आदरणिय नेता तथा माननीयज्यूहरु क्षमा चाहन्छु। यहाँहरु नेता भएकै माननिय भएकै हामी जस्ता कार्यकर्ता भएर नै त हो, नेकपा एमाले भएर नै त हो । तनहूँ जिल्लामा मात्र होईन नेपालका धेरै स्थानहरुमा धेरै समयसम्म सूर्य ध्वजावाहक उमेदवारले जित्न सकेका थिएनन् । निर्वाचनमा वामगठबन्धनको बलले धेरै स्थानहरु लालकिल्ला सावित भए । प्रदेश केन्द्रमा हाम्रो सरकार बन्यो, अब त देशमा केही हुन्छ कि भनेर आश गर्दागर्दै आफुले भनेजस्तो पद, नियुक्ति नपाएका आफ्नै पार्टीभित्रका असन्तुष्ट पक्ष आफ्नै पार्टीका विपक्षीहरुको सरकार विरुद्धको हर्कतको सिमा नै रहेन ।

समय बित्दै गयो दिनानुदिन पाटीको किचलोले कार्यकर्ताको मन दुः खी हुने नै भयो । म १३ बर्षको उमेरदेखि एमाले भएको हुँ हाल ४५ बर्षको भए म एमाले नै छु । म कुनै जागिरे तथा पार्टीले काममा लगाइ दिइएको ब्याक्ति त होइन म मेरै पौरखमा रमाउने ब्याक्ति हुँ । गुलामी गर्नुपनि छैन , गुलामी पनि कसैको गर्नु छैन , चाकडीवाज पनि बन्नु छैन। म पार्र्टीमा जनताको समस्या लिएर नै जाने गर्दछु। म मेरा सन्तान र परिवारलाई के शिक्षा दिन्छु भने बाबा नेकपा एमालेमा हुनुहुन्छ जागिर लगाइदिनुहुन्छ भन्ने कल्पनासम्म नगर्नु म बाट त्यो काम हुँदैन। म मेरा सन्तानलाई श्रम गर श्रममै रमाउनु पर्छ भन्ने शिक्षा दिन्छु।

आज तपाईहरु आफ्नै अध्यक्ष बिरुद्ध आफ्नै पाटी बिरुद्ध आफ्नो कुनै बेलाको प्यारो पार्टी विरुद्ध कम्मर कसेर लागिरहनुहुन्छ भने हामी कार्यकर्ताले तपाईहरुलाई कसरी आदरणिय नेता भन्ने ? यदि तपाईहरु नै आफ्नो पार्टी सिद्धयाउन कम्मर कसेर अनुशासनहिन, बिवेकहिन, सिन्द्धान्तहिन बनेर फ्लोरक्रस गर्दै आफ्नोभन्दा अर्को प्यारो भन्दै चाट्नुहुन्छ भने हामीले के सिक्ने ? नेकपा एमालेको नेता हुँ भन्ने, माननीय हुँ भन्ने तर आफ्नै पार्टीका अध्यक्ष बिरुद्ध लाग्ने, आफ्नै पार्टीका बिरोधीहरुसग मिलेर पार्टीलाई निचा देखाउन अनेकन कृयाकलाप गर्ने अनि हामी कार्यकर्ता के सिक्ने हजुर ? तपाईहरु त हाम्रो अभिभावक तपाईको ताल त्यहि छ त हामीले के गर्ने ? मलाई भनिदिनुस् न प्लिज् तपाईले पटक पटक हिजो हामी दुवैको घर आजको मेरो घरमा ढुगांले हानिरहँदा म तपाईलाई कसरी फुलले स्वागत गर्न सक्छु ?

होलान् पार्टीमा समस्या होलान् तपाईका आफन्तहरुले राजदुतमा नियुक्ति नपाएका, तपाईका छोराछोरीहरुले अनेकन नियुक्ति नपाएका, तपाईका मान्छेहरुले भनेजस्तो मन्त्रालय नपाउदा तपाईमा असन्तुष्टि होला तर जब नेताको रिसमा तपाई पार्टीलाई तहननहश गर्न खोज्नुहुन्छ भने त्यस्ता नेता तथा माननीयहरुलाई सच्चा कार्यकर्ताले कसरी सम्मान गर्न सक्छ ? तपाई हामी हिजो सगै बसेको घरमा आज तपाई बाहिर निस्केर अर्काको घरको ओत लिदै ढुगां हान्ुहुन्छ भने म कसरी तपाईलाई फुलको बर्षा गर्न सक्छु ? जस्ले पार्टीको नेता भएर, पार्टीको माननिय भएर,पार्टीबाट मनोनित भएर त्यहि पार्टीमाथि गद्धारी गर्छ भने भन्नुस् हजुर हामीले कसरी हजुरहरुलाई नेता भनेर, माननीय भनेर मान्ने ? आफ्नो स्वार्थको लागि, आफ्ना मान्छेको स्वार्थको लागि पार्टीको नीति नियम उल्लंघन गर्ने अनि पार्टीका सदस्यहरुबाट मान सम्मान खोज्ने ? कृपया कष्ट नगर्नुहोला किनकी हामी नेकपा एमालेका सच्चा सिपाही हौ आत्मआलोचना गरे र सुध्रिएर आएसगै हातेमालो गर्न सक्छौ तर लालगद्धारलाई कहिल्यै आफ्नो नेता मान्न सक्दैना, लाल गद्धारलाई कहिल्यै माननीय मान्न सक्दैनौ ।
( लेखकका निजी बिचार)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्