अवसरवादीहरुको चाल, नगरपालिकाको बेहाल

  • ख-
  • ख+

तनहूँ जिल्ला भानु नगरपालिकाको २०७६ माघ १५ गते नगरसभा सदस्यहरुलाई पत्र पठाई माघ २३ गतेको छैठौं नगरसभाबाट नगरपालिकाको सेवा केन्द्र भानु नगरपालिकाको वडा नंं १ भन्सारमा पनि राख्ने निर्णय विवादको भुमरीमा फसेको छ । छैठौ नगरसभामा भन्सारमा पनि सेवा केन्द्र राख्ने बिषयमा छलफल हुदा र छलफल पश्चातको मतदानमा भन्सारमा पनि राख्ने पक्षमा सभामा सहभागी ६४ जना मध्ये ५२ जनाको सर्मथन रहेको थियो भने १२ जनाले उक्त सभाको निर्णयमा हस्तक्षर नै गर्नुभएको थिएन । हस्ताक्षर गर्ने मध्ये १३ नंं वडाका अध्यक्ष बाँनिया पछि आफ्नो हस्ताक्षरको विरुद्धमा उभिनुभएको थियो । यसरी दुईतिहाईभन्दा बढि जनप्रतिनिधिहरुले भन्सारमा पनि सेवा केन्द्र सार्ने निर्णयको बिरुद्धमा १४ जना जनप्रतिनिधिहरु सर्वोच्च अदालत जानुभएको छ । नगरसभाबाट राम्रै निर्णय भएको र उक्त निर्णयको सर्मथन गर्न स्थानिय, जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि तथा बुद्धिजिवीहरुले आग्रह गर्नुभएको छ ।
चोक चिसापानी, कुन्छाको फेदि गोरखा, लम्जुगंको सिमाना जोडिएका स्थानहरुबाट समेत मानिसहरुले समेत आउजाउ गर्नुपर्ने भएकोले हाल नगरपालिकाको मुख्य काष्र्यालय रहेको फुस्रेटारबाट मात्र सेवा दिदा ३०, ३५ किलोमिटर टाढाबाट जनतालाई यातायातको पहुच पाउन गाहे भएकोले सबैको यातायातको सहज पहुच भएको स्थानमा भन्सारमा पनि सेवा केन्द्र राख्नको लागि सर्मथन गर्न वहाँहरुको आग्रह छ साथै वहाँहरुले दुई तिहाईभन्दा बढि जनप्रतिनिधिभन्दा बढिले मतद्धारा रोजेको स्थानमा विवादमा ल्याएर केहि मानिसहरुले लोकतन्त्रको खिल्ली उडाएको पनि वहाँहरुको तर्क छ ।
स्मरणिय छ वडा नं. १० का अध्यक्ष गोविन्द सिलवाल प्रस्तावक र वडा नंं ७ का अध्यक्ष रामकृष्ण देवकोटा सर्मथक रहेको सेवा केन्द्र भन्सारमा पनि राख्ने निर्णय भारि जनप्रतिनिधिहरुको बहुमतले पारित भएको थियो । यस सम्बन्धि प्रतिक्रिया लिन खोज्दा धेरै जसो जनप्रतिनिधिहरु मोवाईल नउठाउने, मोवाईल सम्पर्क भएपाि कमेहि म यस बारेमा केहि बोल्दिन भनेर तर्कने भने कोहि जनप्रतिनिधिहरु भित्र भित्र दुबै पक्षलाई उचाल्ने कार्यमा संलग्न भएको भन्ने स्थानिय मानिसहरुको बुझाई रहेको छ छ जस्लाई भानु नगरपालिकाका जनताहरुले असवरवादीको संज्ञा दिएका छन् साथै वहाँहरुले त्यस्ता अवसरवादी जनप्रतिनिधिहको कारणले गर्दा अझ लामो समयसम्म दुख पाईन्छ कि भन्ने समेत चिन्ता व्यक्त गर्नुभएको थियो ।
भन्सारमा पनि सेवा केन्द्र राख्ने बिषयमा निर्णय पश्चात आफ्नै पार्टी सम्बद्ध जनप्रतिनिधिहरुले सर्वोच्च अदातलमा मुद्धा दायर गरेपछि भानु नगरपालिकाका मेयर उदयराज गौलीलाई निल्नु न ओकल्नु भईरहेको छ ।
(भिडियो सहित)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्