तनहूँ जुवाडेहरुको अखडा बन्दै

  • ख-
  • ख+

धेरै नेपालीहरुको बानी बसेको चाडपर्वको वेला मदिरा पदार्थ सेवन गर्ने, जुवातास खेल्ने अनि रमाईलो गर्ने । न त मादक पदार्थ सेवनले मानिसलाई फाईदा पुर्याएको छ न त जुवा तास खेलेर मानिसले प्रगति गरेको छ झन् पछिल्लो समय त जुवातास खेल्ने धेरै मानिसलाई प्रहरीले पक्रेर चौकीमा पुर्याएको छ । त्यस्तै अवस्था भयो व्यास नगरपालिका वडा नंं १३ बेलवासमा जुवा खेल्नेहरुको पनि । बलराम रानाको घरमा तास खेल्ने ८ जनालाई जिल्ला प्रहरी कार्यालय तनहूँका डि एस् पि युवराज तिमल्सेनाको नेतृत्वमा गएको टोलीले तास खेल्दाखेल्दै पक्राउ गर्यो ।

जुवा तास खेलाउने, विभिन्न स्थानहरुमा मिनि क्यासिनो प्रकारका अखडाहरु निर्माण भईरहदा पनि चुप्प लाग्ने आरोप लागेको तनहूँ प्रहरीले पछिल्लो एस् पि अरुण पौडेल र डि एस् पि युवराज तिमल्सेना सरुवा भएर आएदेखि तिब्ररुप कारवाही अगाडि बढाएको छ । जानकारहरुका अनुसार तनहूँ जिल्लाका विभिन्न स्थानहरुमा बाह्ै महिना जुवा तास खेलाईने गरेको भए पनि चाडपर्वको समयमा जुवा खेलाउने र जुवाडेहरु बढि नै सक्रियता हुने गरेको पाईएको छ । यसैकुरालाई मध्यनजर गर्दै तनहूँ प्रहरीले कारवाही अगाडि बढाउदा पछिल्लो दुई महिनाको अवधिमा ७२ जना जुवाडे पक्राउ गरेको छ । विभिन्न सुराकीका आधारमा पक्राउ गर्न जाँदा साधारण जुवाडे मध्ये केहिलाई सम्झाई बुझाई पठाईएको, कतै प्रहरी आउदै गरेको थाहा पाएर भागेको र केहिले मादकपदार्थ सेवन गरि हुलहुज्जत गरेकोले पक्राउ गरि जिल्ला प्रसाशन कार्यालयमा बुझाई एक हजार जरिवाना तिरी रिहाई भएको जिल्ला प्रहरी कार्यालय तनहूँका डि एस् पि एवं प्रवक्ता युवराज तिमल्सेनाले बताउनुभएको छ । पक्राउ गरिएका ७२ जनालाई जुवा कसुर अन्र्तगत मुद्धा चलाइएको र उक्त कानुन अनुसार ३ महिनासम्म कैद हुनेसक्ने पनि वहाँले बताउनुभयो । यसरी २ महिनाको अवधिमा जुवा खेलाईरहेका तनहूँका विभिन्न स्थानमा छापा मार्दा करिब ७ लाख ४० हजार ६ सय ४० रुपैया पनि बरामद गरिएको छ ।
प्रहरीको सक्रियताले गर्दा मिनी क्यासिनोका रुपमा विकसित हुदै गरेका तनहूँका जुवाघरहरु सुक्दै गईरहेको कारणले गर्दा तनहूलाई जुवाडेहरुको अखडा बनाउन खोज्ने मानसिकतालाई धक्का पुगेको तनहूँ प्रहरीको दावी रहेको छ साथै छिटफुट रुपमा जुवा खेलिरहेका व्यक्तिहरु भागेको कारण समात्न नपाएपनि धेरै जसो जुवाडे र खुवा खेलाउनेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहूँका डि एस् पि एवं प्रवक्ता युवराज तिमल्सेनाको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्