आँबुखैरेनीमा शुक्र चुमानले भत्काए कांग्रेसको गढ

  • ख-
  • ख+

तनहूँ । तनहूँ जिल्लाको आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका युवा नेता शुक्र चुमान विजयी हुनुभएको छ । यसभन्दा अगाडि नेपाली कांग्रेस विजयी भएको उक्त पालिकामा माओवादीका उमेदवार शुक्र चुमानले ३ हजार ९४० मत प्राप्त गरी नेपाली कांग्रेसको गढ भत्काउन सफल हुनुभएको हो । उक्त पालिकाको उपाध्यक्षमा पनि माओवादीकै दुर्गा अर्याल विजयी हुनुभएको छ ।

गाउँपालिकाको अध्यक्षको निर्वाचनमा चुमानले ३ हजार ९४० मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिस्पर्धी आँबुखैरेनीका निवर्तमान अध्यक्ष एवं नेपाली कांग्रेसका उमेदवार गिरबहादुर थापाले २ हजार २ सय ३० मत र नेकपा एमालेका ऋषि केसीले १ हजार ८०४ मत प्राप्त गर्नुभएको थियो । ।

उपाध्यक्षमा विजयी माओवादीकी दुर्गा अर्यालले २ हजार ८४८ मत, नेपाली कांग्रेसकी पवित्रा गौलीले २ हजार १८३ मत र नेकपा एमालेकी मिना अधिकारीले २ हजार १ सय २७ मत प्राप्त गर्नुभएको छ ।

आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अध्यक्ष, उपाध्यक्षसहित ३ वटा वडाध्यक्ष, नेपाली काग्रेसले २ वटा वडाध्यक्ष र नेकपा एमालेले एउटा वडाध्यक्ष जितेको छ ।

माओवादीले आँबुखैरेनीको वडा नम्बर १, २ र ५ , नेपाली कांग्रेसले वडा नम्बर ३ र ४ भने नेकपा एमालेले वडा नम्बर ६ मा विजय हासिल गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?