म्याग्देका होटल तथा रेष्टुरेण्ट व्यवसायीलाई गुणस्तर कायम गर्न प्रशिक्षण सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ / तनहुँको म्याग्दे गाउँपालिका भित्रका पृथ्वी राजमार्गमा सन्चालित होटल तथा रेष्टुरेन्टलाई खाद्य सुरक्षा र गुणस्तर सम्वन्धि प्रशिक्षण दिईएको छ। म्याग्दे गाउपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तनहुँको आयोजना र म्याग्दे उद्योग वाणिज्य संघको सहकार्यमा सोमवार खाद्य स्वच्छता सम्बन्धि ऐन, नियम, गुणस्तर कार्यान्वयनका लागि सरोकारवालाई अभिमुखिकरण सहित प्रशिक्षण दिईएको हो । म्याग्दे गाउँपालिका अध्यक्ष श्रिप्रसाद श्रेष्ठले व्यवसायीको गुणस्तर वृद्धि र चेतना जगाउनका लागि तालिम दिईएको बताए । तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले खाद्य गुणस्तरका लागि सरोकारवालाई प्रशिक्षण दिनु सकरात्मक कार्यक्रम भएको बताएका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी टेक वहादुर कार्कीले व्यवसायीको  शान्ति सुरक्षा कायम गर्ने महत्त्वपूर्ण भुमिका खेल्ने वताए ।

म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले होटल तथा रेष्टुरेन्ट व्यवसायीले नीतिगत,कानुनी तथा उपभोक्ता ऐनको विषयमा जानकारी लिन आवश्यक रहेकाो वताएका थिए। तालिममा ६५ भन्दा वढि व्यवसायी सहभागी भएका थिए । म्याग्दे गाउँपालिकाका आर्थिक विकाश समितिका संयोजक वसन्त कुमार श्रेष्ठले राजमार्ग क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटनले खाना तथा खाजा खाने भएकाले व्यवसायीको माग अनुसार विज्ञवाट प्रशिक्षण दिईएको  वताएका थिए।
म्याग्दे उद्योग वाणिज्य सघका अध्यक्ष सुन्दरमणि अधिकारीले व्ययवसायिक हितका लागि निरन्तर रूपमा लागिरहने वताएका थिए। खाद्य डिभिजनसँग सहकार्य गरी स्थानीय तहहरूमा होटल तथा रेष्टुरेन्टको गुणस्तरको वारेमा जानकारी गराउन अनुगमन र प्रशिक्षण दिदै आएको होटल व्यवसायि सघ गण्डकी प्रदेशका उपाध्यक्ष दुर्गा विलास भट्टराईले वताए । तालिम लगत्तै  पूरा भएका होटललाई गुणस्तर चिन्ह प्रदान गर्ने आर्थिक विकाश शाखा प्रमुख प्रदिप न्यौपानेले वताउनुभयो । घ्यू जस्तो देखाउन अस्वभाविक मूल्य (MRP) राख्ने, बेकरी सर्टेनिङ्ग, मूल्य सूची नराख्ने होटल पसल, अनुमति पत्र नलिने खाद्य उद्योग, फोहोर जारमा पानी भर्ने उद्योगलाई सचेतना लगायतका विषयमा जानकारी दिईएको छ ।
म्याग्देमा होटल तथा रेष्टुरेन्टको खाद्य स्वच्छता स्तरीकरण गर्ने प्रमुख लक्ष्य रहेको न्यौपानेले जानकारी दिएका थिए ।
नेपाल पत्रकार महासघ तनहुँका अध्यक्ष डीपी अधिकारीले नागरिकलाई सत्य,तथ्य, सुचना प्रभाह गर्न पत्रकारले महत्त्वपूर्ण भुमिका खल्ने बताएका थिए । त्यसैगरि कार्यक्रममा म्याग्दे गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी, खाद्य डिभिजन प्रमुख ज्योति आचार्य, अनुसा खरेल, सुरेन्द्र अधिकारी लगायतले प्रशिक्षण दिएका थिए। सो अवसरमा जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी र प्रहरी प्रमुख टेकवहादुर कार्कीलाई गाउँपालिकाले मायाको चिनो प्रदान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?