तनहूँ । तनहूँको व्यास नगरपालिका वडा नं. १२ देउरालीमा टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दमौली तर्फबाट डुम्रे तर्फ आउदै गरेको टिप्परले विपरित दिशातिर आईरहेको स्कुटरलाई ठक्कर दिदा घाईतेको मृत्यु भएको हो ।
मृत्यु हुने बन्दिपुर गाउँपालिका वडा नं. १ का २१ बर्षिय ईश्वर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।








