काठमाण्डौ । पुर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीकी आमा दमयन्ति कुमारी भण्डारीको ९७ बर्षको उमेरमा निधन भएको छ । केहि समय अगाडि ग्राण्डी अस्पतालमा उपचार पछि घर फर्किनुभएकी भण्डारी आज काठमाण्डौमा निवासमै निधन भएको हो ।
४ छोरा र १ छोरीकी आमा भण्डारीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।








