शताब्दी पुरूष सत्यमोहन जोशीको स्वर्गारोहण

  • ख-
  • ख+

शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ।

आइतबार बिहान ७ बजेर ९ मिनेटमा जोशीको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको हो।

किष्ट अस्पातलका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार उहाँको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो।

जोशीको निधनबारे उहाँका आत्मकथा लेखक तथा पत्रकार गिरीश गिरिले ट्विट गर्दै थप पुष्टि गर्नुभएको छ ।

सत्यमोहन सर रहनुभएन। अहिले विहान ७ बजेर ९ मिनेटमा हामीबाट विदा हुनुभयो

२४ दिन अघि अस्पतालमा भर्ना हुनुभएका १०३ वर्षीय वाङ्गमय शताब्दी पुरूष जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि उहाँ असोज ७ गते किष्ट अस्पतालमा भर्ना हुनुभएको थियो । पछिल्लो समय उहाँलाई पिसाब संक्रमण, पुरानो छाती तथा मुटुको समस्या साथै डेंगी पनि देखिएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार जोशीलाई विभिन्न विभाग (मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी) का चिकित्सकले संयुक्त जाँच गरेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?