पिकनिक खान गएका २ जना भेरी नदीमा बेपत्ता

  • ख-
  • ख+

वीरेन्द्रनगरबाट पिकनिक खान गएका २ जना भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा वीरेन्द्रनगर नगरपालिका–३ का १९ वर्षीय दीपक थापा र १९ वर्षीय चन्द्र बिसी (छवि) रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं डीएसपी सुरज कार्कीले बताए ।

उनीहरू शनिबार दिउँसो ३ बजेदेखि भेरी नदीमा बेपत्ता भएको उनले बताए । उनका अनुसार उनीहरूको समूह भेरीगंगा नगरपालिकाको सत्तरी नजिकै पिकनिक खान गएका थिए । कार्कीले उनीहरूको खोजी कार्यका लागि प्रहरी खटिएको र अहिलेसम्म कुनै अत्तोपत्तो नलागेको बताए ।(रातोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?