रामचन्द्र पौडेलले पनि मलाई सधै सम्झिरहुन् भनेर उहाँको गाउँ जाने पुल मैले पहल गरेर बनाईदिए: रामबहादुर गुरुङ्ग

  • ख-
  • ख+

(नेका का वरिष्ठ नेता रामचन्द्र पौडेलको पुरानो गाउँ व्यास ८ रिस्ति जाने ठाउँमा हालसालै निर्माण सम्पन्न पुलमा रामबहादुर गुरुगं)

तनहूँ । ”जनप्रतिनिधि कस्तो हुनुपर्छ , जनताको सेवक कस्तो हुनुपर्छ भनेर आफुले जनताबिच काम गरेर देखाएको” तनहूँ क्षेत्र नंं १ प्रदेश नं. १ का नेकपा एमालेका उमेदवार रामबहादुर गुरुगंले बताउनुभएको छ ।

चुनाव प्रचार प्रसारका व्यास नगरपालिकाका विभिन्न वडाहरुमा घरदैला गरिरहनुभएका गुरुगंले ”आफु गण्डकी प्रदेशको सांसद भएपछि हप्ता हप्तामा विभिन्न गाउँहरु जाने मतदाताहरुसग सात्क्षात्कार गर्ने गरेको, विकास निर्माणका कामहरुमा पनि निकै पहल गरेको, जनताको सुख दुःख को साथी हुने गरेको” बताउनुभएको छ ।

”लामो समयसम्म नेपाली कांग्रेसका प्रतिनिधिहरुले केन्द्रमा प्रतिनिधित्व गर्दा पनि विकास नगरेकोमा आफुले पाँच बर्षे कार्यकालमा बिकास निर्माण गरेको पहल नै आफुलाई जनताले पुन: मत दिने आधार भएको” गुरुगंको भनाई छ ।

गण्डकी प्रदेश सभा सदस्य भएपनि ”आफुले रामचन्द्र पौडेलले २५, २६ बर्षको कार्यकालमा गर्न नसकेको कामहरु गरेकोले पनि रामबहादुर गुरुगंलाई मत दिनुपर्छ भन्ने थुप्रै मतदाताहरु बढेको” बताउनुभएको छ ।

”म रामबहादुर गुरुगंले प्रदेश सभा सदस्य के गर्यो भनेर प्रश्न गर्नेहरुलाई व्यास ८ रामचन्द्र पौडेलको गाउँजाने बाटोमा हालेका पक्कि पुलहरु हेर्न जान आग्रह गर्दछु” भन्नुभएको छ ।

”२५,२६ बर्षसम्म जनप्रतिनिधि हुदाँ पनि पुल बनाउन उहाँले बनाउन सक्नुभएन मैले पहल गरे र बनाईदिए ” गुरुगंको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्