१३ गतेबाट संसद विघटनविरुद्ध कांग्रेसले देशभर प्रदर्शन गर्ने

  • ख-
  • ख+

रमेश पौडेल । काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिवार बार एक अपिल जारी गर्दै पुस १३ गते प्रतिनिधिसभा विघटविरुद्ध देशैभर प्रदर्शन गर्न अपिल गर्नुभएको छ ।

वहाँले संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्णरुपले एकमतका साथ उभिएको र पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार देशभका १६५ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रदर्शन गर्न कार्यकर्ता तथा नेताहरुलाई दिनुभएको हो ।
प्रतिनिधिसभा विघटनको घटनाका पार्टीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको र बेला बेलामा केन्द्रिय समितिको बैठकमा आन्दोलन गर्ने कि सर्वोचच अदालतको निर्णय कुर्ने भनने दोधारमा रहनुभएका देउवाको यो कदमलाई केपी ओलीको सरकार बिरुद्ध आन्दोलन गर्न चाहने शक्तिले स्वागत गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?