पोखरामा भोलिदेखि पर्वतीय महोत्सव

  • ख-
  • ख+

पोखरामा भोलि र पर्सी पर्वतीय महोत्सव आयोजना हुँदैछ । अन्तराष्ट्रिय पर्वतीय दिवसको अवसरमा अन्तराष्ट्रिय पर्वतीय संग्रहालयले सातौं संस्करणको महोत्सव आयोजना गरेको हो ।

महोत्सवमा हिमाली क्षेत्रका मुद्दालाई प्राथमिकतामा राखि विविध कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ । खासगरी सगरमाथा आधार शिविर व्यवस्थापन, प्रविधि तथा अन्वेषणको प्रवद्र्धन तथा प्रदर्शन, पोखरामा पर्यटकलाई दोब्बर बृद्धि गर्नका लागि महोत्सव केन्द्रित रहने छ । यस्तै, हिमाली क्षेत्रका समस्या र समाधानका विषयमा छलफल हुने छ भने त्यस क्षेत्रका उत्पादनको बजारीकरण गरिने छ ।

संग्रहालयकी निर्देशक निर्मला न्यौपानेका अनुसार पर्वतीय क्षेत्रमा उत्पादित हुने वस्तु र खेलिने खेललाई प्राथमिकतामा राख्दै कार्यक्रमका इभेण्ट तय गरिएको छ । दुई दिन हुने महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्द किशोर पुनले गर्ने छन् । अन्तर्राष्ट्रिय पर्वतीय दिवसमा यस वर्षकोको नारा ‘वुमन मुभ माउन्टेन’ रहेको छ । महोत्सवमा दुबै दिन साहसिक खेललाई समावेश गर्दै जीपलाइन पनि राखिएको छ ।
(न्युज कारखाना)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?