लमजुङमा जिप दुर्घटना, १ को मृत्यु, ८ जना घाइते

  • ख-
  • ख+

लमजुङको मर्स्याङ्दी गाउँपालिका ८, भुलभुलेमा यात्रुबहाक जिप दुर्घटना हुँदा १ महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

मर्स्याङ्दी गाउँपालिका ८, भुष्मेकी ४७ वर्षीया भिवकाशी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । इन्स्पेक्टर बुद्धिप्रसाद सुवेदीका अनुसार बेंसीसहरस्थित लमजुङ अस्पतालमा जाँचका क्रममा भिवकाशी तामाङलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

भुलभुलेको सुरुङ कट्नेबित्तिकै भुष्मेतर्फ जाँदै गरेको ग ३ च ८३६१ नम्बरको बोलेरो जिप बिहीबार साँझ ५ बजेतिर दुर्घटना भएको हो । उकालोमा ब्रेक फेल हुँदा जिप दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । चालक फरार छन् ।

दुर्घटनामा परेर ८ जना घाइते भएका छन् । ४ जना घाइते गम्भीर रहेकोमा चितवनस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको छ । अन्य ४ जनाको बेंसीसहरस्थित लमजुङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । (कान्तिपुर दैनिक)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?