जन्मदिनको अवसरमा चापाघाटको वृद्धाश्रमलाई सहयोग

  • ख-
  • ख+

तनहूँ । जन्मदिनको अबसरमा विभिन्न खर्च र तामझामका साथ मनाइने बर्थ डे सेलिब्रेसनहरु पछिल्लो समयमा आएर सामाजिक कार्यमा खर्चिने प्रचलन बढ्दै गएको छ । उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य ब्यास नगरपालिका वडा नं. ३ निबासी ब्यबसायी देबकुमार श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारी ब्यास ५ चापाघाटस्थित बेदब्यास जेष्ठ नागरिक आस्रममा १० हजार १ सय ५ रुपैयाँ सहयोग गर्नुभएको छ । महिलाहरुद्दारा सन्चालित सो आश्रममा सुरुवातका दिन देखिनै आर्थिक भौतिक र नैतिक समर्थन गर्दै आउनु भएका आश्रमका बरिष्ठ सल्लाहकार श्रेष्ठलाई आस्रमकी कार्यबाहक अध्यक्ष शकुन्तला आलेले फुल टीका सहित दोसल्ला ओडाएर सम्मान गर्नुभयो । असहाय जेष्ठ नागरिकहरुलाइ सहयोग गर्न पाँउदा आफुलाइ खुशि लागेको श्रेष्ठले बताउनु भयो । बन्दै गरेको अधुरो भवनलाइ आगामी बैशाख १ गते सम्म निर्माण सम्पन्न गरि बृद्धबृद्दाहरु सहजताकम साथ राख्न सक्दो पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । असहाय जेष्ठ नागरिकलाइ साहारा दिई पुण्यको काम गरेको भन्दै सामाजिक काम गर्दा आउने चुनौतीहरुको धैर्य भै सामना गर्दै आफ्नो कर्तब्यमा कटिबद्ध हुन आग्रह गर्नुभयो । जन्मदिन लगायत विभिन्न अबसरहरु पारी आश्रममा गरिने सहयोगले आश्रम सन्चालनमा सहजता मिलेको आश्रमकी सचिब निर्मला मल्लले बताउनुभयो ।दाताहरुकै भरमा चलेको यस आश्रमलाई आगामी दिनहरुमा पनि यसरि नै सबैको साथ र सहयोग मिल्ने अपेक्षा गरेको सचिब निर्मला मल्लले बताउनु भयो ।
यसैबीच आजै ब्यास १ गल्बुबेसी निवासी ऋषि क्षेत्री र मेनुका क्षेत्रीबाट आफ्नो ममतामयी आमाको सम्झनामा नगद १ हजार १ सय ५ रुपैया सहित खाद्यान्न सहयोग गर्नुभएको छ साथै सृजना क्षेत्रीबाट १ हजार ५५ रुपैया आश्रमलाई सहयोग गर्नुभएको आश्रमकी सदस्य अन्जु दाहालले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?