माओवादीका कृष्ण धिताल गण्डकी प्रदेशसभाको सभामुखमा निर्वाचित

  • ख-
  • ख+

नेकपा माओवादी केन्द्रका सांसद कृष्ण धिताल गण्डकी प्रदेशसभाको सभामुखमा निर्वाचित हुनुभएको छ ।
शनिबार ६० सदस्यीय प्रदेशसभामा मतदानमा ५८ जना प्रदेश सभा सदस्यहरु सहभागी निर्वाचनमा धितालले ३२ मत पाउनुभएको हो ।

धिताललाई नेकपा एमालेका २१, नेकपा माओवादी केन्द्रका ८, राष्ट्रिय प्रजातन्त्र पार्टी २ र नेकपा एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र र्सांसद दीपक मनाङेले पनि मत दिनुभएको थियो ।
सभामुखमा उमेदवा। बन्नुभएकी नेपाली कांग्रेसकी सांसद सरस्वती अर्याल तिवारीले पनि उम्मेदवारी दिनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?