माइक्रोसफ्टले हजारौं कर्मचारीलाई कामबाट हटाउँदै

  • ख-
  • ख+

माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई जागिरबाट निकाल्ने भएको छ ।

स्काई न्यूजलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखेको छ, ‘हजारौं भूमिकाहरू कटौती गरिनेछ, सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति अर्थात् करिब ११ हजार भूमिकाहरू कटौती गर्न खोजिरहेको छ ।’

मानव संशाधन र इञ्जिनियरिङ विभागमा हजारौंको संख्यामा रोजगारी कटौती हुने भनाइ बुधबार सार्वजनिक गरिएको हो ।

अमेरिकी प्रविधि क्षेत्रमा रोजगारीको यो पछिल्लो कटौती हुनेछ । अमेजन डट कम, ओ प्लस एसलगायत कम्पनीहरूले सुस्त माग र बिग्रँदो विश्वव्यापी आर्थिक दृष्टिकोणको प्रतिक्रियास्वरूप कटौती अभ्यासको घोषणा गरेका हुन् ।

सन् २०२२ को जुन ३० सम्ममा कम्पनीमा दुई लाख २१ हजार पूर्णकालीन कर्मचारीहरू थिए, जसमा संयुक्त राज्य अमेरिकामा एक लाख २२ हजार र १,२२,००० र अन्तर्राष्ट्रिय स्तरमा बाँकी ९९ हजार कर्मचारी रहेका थिए ।

व्यक्तिगत कम्प्युटर बजारमा आएको मन्दीले विन्डोज र उपकरणहरूको बिक्रीमा असर पारेपछि माइक्रोसफ्टले आफ्नो क्लाउड युनिट ‘एजुयर’मा वृद्धि दर कायम राख्न दबाब दिइरहेको रोयटर्सले जनाएको छ ।

गत वर्षको जुलाईमा उसले थोरै सङ्ख्यामा रहेका भूमिकाहरू हटाइएको बताएको थियो। गत अक्टोबरमा समाचार साइट एक्जिओसले माइक्रोसफ्टले विभिन्न विभागका करिब एक हजार कर्मचारीलाई जागिरबाट निकालेको जनाएको थियो । (एएनआई)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्