म्याग्दे ५ का कृष्ण खड्का गर्दैछन् बाख्रा पालनबाट जीविकोपार्जन

  • ख-
  • ख+

तनहूँ । चिमखानाका कृष्ण खड्काले वाख्रा पालेरै नै जीविकापार्जन गर्दे आएका छ । म्याग्दे गाँउपालिका वडा नं ५, स्थित चिमखानमा कृष्णले विगत देखि नै वाख्रा पालेर जीविकोपार्जन गर्दे आएका हुन् । कृपा कृषि तथा पशु फर्म दर्ता गरेर बाख्रा पालन गरेका कृष्ण खड्काले २८ वटा वाख्रा पालेका छन् ।
घरमा श्रीमती, छोरा र वुवा आमा सहित कृषिमा लागेको खड्का बाख्रा पालनमा लागेको वर्षो भईसक्यो । जहाँ गएपनि केही न केही गर्नुपर्दछ, त्यो भन्दा आफनो गाँउमा नै बाख्रा र कृषिमा लागेको कृष्णले वताए । लगातारको निरन्तर प्रयासले हाम्रो जीविकोपार्जन वाख्रा पालन वाट भएको छ । घरमा खाली वस्नुपरेको छैन । आम्दानीको श्रोत राम्रो वनेको छ । काममा दत्तचित्त भएर लाग्ने भए पैसा कमाउन विदेश जानु नपर्ने खड्काले वताए ।
मासिक ७ हजार भन्दा वढि बाख्रा पालनमा खर्च हुने वताएका कृष्णले आफनै जग्गामा वाख्राका लागी घाँस लगाएका छन् । लोकल वाख्राको मुल्य राम्रो हुने र रिस्क पनि कम हुने हुदाँ वाख्रा व्यवसायमा आफुलाई सन्तुष्टि मिलेको वताए । खर्च कटाएर राम्रै आम्दानी हुने र वजारमा कुनै समस्या नभएको वहाँले वताए । सरदरमा माशिक ३० हजार आम्दानी भईरहेको छ, उनेले वताए ।
खड्काले वाख्रा मात्र होईन, व्यवसायिक रुपमा तरकारी खेती पनि लगाएका छन् । करिव ५ रोपनी क्षेत्रफलमा काउली खेती गरेका खड्काले तरकारी विक्रीवाट पनि राम्रो आम्दानी भएको वताए । वजार नजिक भएको र शुद्ध तरकारी वेच्न आफै जाने हुदाँ खासै वजारको समस्या छैन, खड्काले भने ।
हालसम्म कुनै पनि संघसस्थावाट अनुदान रकम नपाएको कृष्ण खड्का म्याग्दे गाँउपालिकाका अध्यक्ष उपाध्यक्षको टोलीलाई वताए । कृषकलाई प्रोत्साहन गर्नका लागी विभिन्न कार्यक्रम ल्याउनुपर्ने समेत खड्काले वताए ।
सो क्रममा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले खड्काको कृषि र उत्पादन को प्रंशशा गरे । सवैले आफुलाई चाहिने न्युनतम आवश्यकता उत्पादन तथा विक्री गर्न सकियो भने कमाउन विदेशिनु नपर्ने वताए । पालिका कृषकको आवश्यकतामा गम्भिर भएको हुदाँ निरन्तर कर्ममा लाग्न आग्रह गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्