सुर्खेतमा गाडी दुर्घटना, चार जनाको मृत्यु

  • ख-
  • ख+

सुर्खेत । सुर्खेतमा डबल क्याप हाइलेक्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएको छन् ।

आइतबार बिहान करिब २ बजे गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

उनका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको बा. प्र ०१०२६च ९२१३ नम्बरको डबल क्याप गाडी रत्न राजमार्गअन्तर्गत वीरेन्द्रनगर(११ झुप्राखोला नजिक दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको हो ।

उक्त गाडी अनियन्त्रित भई सडकबाट ८० मिटरजति तल खस्दा चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ७ निवासी २७ वर्षीय सागर शाही, दैलेखका डुङ्गेश्वर गाउँपालिका ५ का ३३ वर्षीय दीपन्द्रजंग शाही, दैलेखकै भगवतीमाई गाउँपालिका ५ का वर्ष ३१ का बबिन शाही र दैलेखकै गुराँस गाउँपालिका ३ का वर्ष ३६ काराजेन्द्र बीसीको मृत्यु भएको हो ।

यस्तै, घाइते हुनेमा दैलेखकै भैरवी गाउँपालिका ५ का वर्ष २६ का वीरेन्द्रराज शाही घाइते भएका छन्। उनको उपचार प्रदेश अस्पताल सुर्खेतमा भइरहेको कार्कीले जानकारी दिएका छन् । (नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?